news and more entertainment

सञ्जयको जीवनबारे फिल्म बन्ने, अभिनेता रणविर कपुर

 एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तको निजी जिवन उनका सफल फिल्मभन्दा कम रोचक छैन । उनको रोचक जीवनबारे सबै जानकार बनून भनेर उनकी पत्नी मान्यता दत्तले सञ्जयको जीवबारे फिल्म बनाउने योजनामा छिन् । फिल्ममा सञ्जयको भूमिका निर्वाह गर्नेछन् । नवोदित अभिनेता रणविर कपुरले ।

स्रोतका अनुसार निर्माता राजकुमार हिरानीले सञ्जयको जीवनका आधारित फिल्म निर्माण गर्ने भएका छन् । आमिर खानको अभिनयमा राजकुमारले बनाउँदै गरेको फिल्म 'पिके' को काम सकिएपछि उनी सञ्जयबारे फिल्म बनाउने सोचमा छन् ।

सञ्जय दत्त निर्माता राजकुमारका मन पर्ने अभिनेतामा पर्छन् । सञ्जय र राजुकुमारले मुन्नाभाई एमबिबिएस र लगे रहो मुन्नाभाई मा सँगै काम गरिसेका छन् । दुवै फिल्म सुपरहिट भएको थियो ।

मुन्नाभाइको अर्को सिक्वेल बनाउने सञ्जय र राजकुमार दुवैले तय गरेका थिए । तर, सन् १९९३ मा मुम्बईमा भएको विस्फोटमा संलग्न भएको अदालतले पुष्टि गरेपछि सञ्जय अहिले जेलजीवन गुजारिरहेका छन् । जेलबाट बाहिर आएपछि मुन्नाभाइको सिक्वेल तयार हुने तय भएको छ ।

सञ्जयको भूमिका निर्वाह गर्ने अवसर जुटेपछि रणवीर उत्साहित भएको स्रोतलाई उदृत गर्दै आजको नयाँ पत्रिकामा खबर छ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget