news and more entertainment

बुढेसकालमा पनि यौनकर्मी बन्नुपर्ने बाध्यता

 (एजेन्सी)– सन्तान जन्माए आफूलाई बुढेसकालमा साहारा हुने धेरै मानिसहरुको आशा हुन्छ । तर के उनीहरुको यो आशा विश्वासमा परिणत होला त ? निकै कम अभिभावकहरुलाई उनका सन्तानले बुढेसकालमा हेरबिचार गरेको देखिन्छ । बुढेसकालमा थुप्रै वृद्ध वृद्धाको बिचल्ली हामीले देखेका र सुनेका छौँ किनभने नयाँ युवापुस्ताको प्राथमिकता अरु केहि नै बनिसकेको छ । दक्षिण कोरियाका वृद्ध महिलाहरुको अवस्था झन् हृदयविदारक छ – उनीहरु आफ्नो वृद्ध अवस्थामा पनि वेश्यावृत्ति गर्न बाध्य छन् । किम यून–जो सियोलको जोंगनो–३ सबवे स्टेशनको खुट्किलोमा बसेकी छिन् । उनको उमेर ७१ हो र उनले चम्किलो रङको लिपस्टिक र चम्किलो रातो रङको कोट लगाएकी छिन् । उनले बोकेको ठूलो झोलाबाट सिसाको बोतल एक आपसमा ठोक्किएको आवाज आइरहेको छ । किम दक्षिण कोरियाको ‘ब्याकस लेडिज’ मध्ये एक हुन् अर्थात उनी यस्ती वृद्ध महिला हुन् जो पुरुष ग्राहकहरुको लोकप्रिय ब्याकस (एक प्रकारको रक्सी) इनर्जी ड्रिंक बेचेर आफ्नो गुजारा चलाउने गर्दछन् । तर उनीहरु यी इनर्जी बोतलहरु मात्र बेच्दैनन् । यो उमेरमा निकै सम्मान गरिनुपर्नेमा यस्ता धेरैजसो महिलाले आफ्नो शरिर नै बेच्नुपर्ने हुन्छ । उनले भनिन्, ‘ब्याकस बेच्ने वृद्ध महिलाहरु कहिले काँही आफूभन्दा निकै बुढोसँग जाने गर्दछन् र उनीबाट पैसा कमाउँछन् । तर म उनीहरु जस्तो काम गर्दिनँ ।’ उनले थपिन्, ‘जब म बाटोमा बसिरहेको हुन्छु तब पुरुषहरुले मलाई प्रस्ताव गर्छन् तर म सधैँ ‘नाईँ’ भन्छु । यस्तो सेक्स कारोबारको केन्द्र राजधानी सियोलको मध्य भागमा पर्ने एक पार्कमा रहेको छ । जोंगमयो पार्क नै त्यो ठाउँ हो जहाँ बृद्ध महिलाहरु यौनकर्मी बनेर आउने गर्दछन् । पार्कको किनारमा उभिएका ५० देखि ७० वर्षका महिला पुरुषलाई ड्रिंक पेश गर्दैछन् । यो उनीहरुको पहिलो पाइला हो जसले अन्त्यमा उनीहरुलाई सस्तो खालको मोटलसम्म पुराउँछ । ब्याकस महिलाहरुमा अनुसन्धान गर्ने डाक्टर ली हो–सुनका अनुसार धेरैजसो ब्याकस महिलाहरुले वृद्धावस्थामा गरिबीका कारण वेश्यावृतिको कारोबार सुरु गरेका छन् । ली का अनुसार एक महिलाले त ६८ वर्षमा वेश्यावृत्ति सुरु गरेकी थिइन् । उनी भन्छिन्, ‘एक ब्याकस महिलाले मलाई भनिन् कि म भोको छु । मलाई कुनै सम्मान चाहिँदैन, म सिर्फ दिनमा तीनपटकको खाना चाहन्छु ।’ पुलिस यहाँ गस्ती त गर्ने गर्छन् तर कोही पनि समातिदैनन् तर समस्या सिर्फ कानुन लागु गर्ने मात्र होइन । ब्याकस महिला आफ्नो झोलामा लुकाइएको रोग बोकेर हिँड्न बाध्य छन् । उनीहरुसँग यौन उत्तेजनाका लागि विशेष प्रकारको सुई हुने गर्दछ र त्यसलाई १० देखि २० पटकसम्म प्रयोग गर्ने गर्दछन् । यसो गर्नाले थुप्रै प्रकारको रोग फैलिरहेको छ । यसप्रकारले दक्षिण कोरियाको हाइ–टेक समाजमा वृद्ध–south korea2वृद्धाका लागि खाना महँगो छ, सेक्स सस्तो छ र आत्मियता त उनीहरले कुनै पनि हालतमा पाउने छैनन् ।south korea1

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget