news and more entertainment

प्रहरी चौकीमै सामूहिक बलात्कार

३० जेठ, काठमाडौं (एजेन्सी) ।

भारतको उत्तर प्रदेशकी एक महिलाले आफूलाई प्रहरी चौकीमै प्रहरी अधिकारीले सामूहिक बलात्कार गरेको आरोप लगाएकी छिन् ।

ती महिलाले आफ्ना श्रीमान्लाई छुटाउन प्रहरी कार्यालय पुग्दा गत सोमबार राति हमिरपुर जिल्लाको प्रहरी चौकीमा आफूमाथि बलात्कार भएको आरोप लगाएकी हुन् ।

स्थानीय समाचार च्यानल सिएनएनआइबिएनसँग कुरा गर्दै ती महिलाले भनेकी छिन् , रातमा इन्सपेक्टरले मलाई दुव्र्यवहार गरे र उनका साथिहरु पनि बोलाए । उनीहरुले मैले यो कुरा बाहिर भनेमा मारिदिने धम्की दिएका थिए । प्रहरीले उक्त प्रहरी चौकीका प्रहरीमाथि मुद्दा दायर गरेको छ ।

भारतक प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भारतीय संसद्मा बोल्दै यस्त घटनाप्रति चिन्ता व्यक्ति गरेका थिए । उनले महिलाको अधिकारको लागि आफ्नो सरकार लागिपर्ने दृढता व्यक्त गरेका छन् ।


उता, उत्तर प्रदेशमा लगातार यौन हिंसाका घटजा बढेपछि उत्तर प्रदेशका मानिस आन्दोलनमा उत्रिएका छन् । बिहीबार उत्तर
प्रदेशका कैयौं स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


२०१२ मा दिल्लीमा बसमा भएको एक विद्यार्थीको सामूहिक बलात्कारपछि भारतमा बलात्कारका घटना बढेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget