news and more entertainment

रत्यौलीमा नाच्दा नाच्दै ज्यान गयो

पर्वत : बिहेको रत्यौलीमा खुसीले नाँचगान गर्दा गर्दै बिहीबार साँझ पर्वतको आर्थर डाडाँखर्कमा एक महिलाको ज्यान गएको छ। पर्वतको आर्थर डाडाँखर्क गाउँ बिकास समिति वडा नं ४ काहुलेकी ७० बर्षिया द्रौपदा पौडेलको बिहेमा नाँच्दै गर्दा बेहोस भएपछि ज्यान गएको हो।
पौडेल साँझ साढे ५ बजे नाँच्दै गर्दा बेहोस भएर ढलेपछि ज्यान गएको हो। ढलेपछि होस नखुलेर मृत्यु भएको स्थानियबासी माया गुरुङले बताइन्। स्थानिय गंगाबहादुर नेपालीको बिहेमा रत्यौली भएको हो। शारिरीक रूपमा दुब्दो र कमजोर रहेकी पौडेल आधा घण्टा सम्म लगातार नाँचेपछि ढल्न पुगेकी थिइन। गुरूङका अनुसार दुलही लिन बुटवल गएको जन्ती फर्कदैछ भने दुलाहाको घरमा पौडेलको मृत्युपछि रत्यौली रोकिएको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget