गुण्डे
नामक चलचित्रमा रणबीर सिंह र प्रियंका चोपडाको हट केमिस्ट्रि भुल्नु भएको
छैन भने तपाइँलाई याद होला । उक्त चलचित्रमा प्रिंयका र रणबीरले निक्कै
मस्ती गरेका थिए । तर अहिले आएर भने यो रोमान्टिक जोडीबीच कुरा विग्रिएको जस्तो छ ।
अहिले
जोया अख्तरको 'दिल धडकने दो' नामक चलचित्रमा फेरि सँगै देखिन लागेका
यिहरुबीच राम्रो सम्बन्ध नरहेको निकटवर्तीहरुले बताएका छन् ।
चलिचित्रको सुटिङका क्रममा पनि अभिनयको समयमा बाहेक यिनीहरु नजिक पर्नै छोडेको बताइन्छ ।
खासमा
रणबीर र प्रियंकको लडाइँ फ्लाइङ किसबाट शुरु भएको हो । एक सार्वजनिक
कार्यक्रममा रणबीरले प्रियंकालाई खुल्लम खुल्ला फ्लाइङ किस गरे जसका कारण
प्रिंयकालाई सिनियरहरुका सामु लाजमर्दो अवस्था बन्यो ।
त्ययसपछि प्रियंकाले रणबीरलाई वेवास्ता गर्छिन् भने रणबीरले पनि प्रियंकासँग चलचित्र नखेल्ने बताएका थिए ।
यद्यपी अहिले २ जनाको नयाँ चलचित्रको सुटिङ चलिरहेको भएपनि उनीहरुको सम्बन्धमा भने सुधार आएको छैन ।
Post a Comment