सन्नी लियोनः नाई नाई, अब पोर्नमा काम गर्दिनँ
एजेन्सी) – सन्नी लियोन पोर्न नगरी हुँदै बलिउड नगरीमा प्रवेश गरेकी नायिका
हुन् । आफ्नो लगनशीलता र मेहेनतका कारण बलिउडमा उनले आफ्नो छुट्टै छाप
बनाउन सफल भइसकेकी छिन् । कुनै बेला पोर्न फिल्ममा निकै चर्चित बनेकी बेबी
डल सन्नी अब त्यहि पोर्न इन्डष्ट्रिमा कहिले पनि नफर्किने बताउँछिन् । तर
उनलाई आफू पोर्न फिल्मकी नायिका भएकोमा कुनै संकोच र अफसोस नभएको बताउँछिन्
। आफ्नो विगतबाट लज्जित नभएपनि उनी आफ्नो पुरानो छविलाई परिवर्तन गर्न
चाहन्छिन् । एडल्ट स्टारको छवीलाई हटाउन उनी भारतीय नागरिकहरुको हिसाबबाट
आफूलाई परिवर्तन गरिरहेकी छिन् र उनको यो कोसिसले सकारात्मक असर पनि
पुर्याइरहेको छ । उनको काम र अभिनयलाई मानिसहरुले मन पराइरहेका छन् र यहि
कुराले नै उनलाई सन्तुष्टि दिने उनी बताउँछिन् । सन्नी भन्छिन्, ‘मैले
विगतमा जे गरे त्यसमा मलाई कुनै लाज र हिनताबोध छैन । तर म मेरो विगतमा
फर्किन चाहन्छ र अब पोर्नमा काम गर्दिनँ ।’ सन्नी लियोन अहिले एमटिभी
रियालिटी सो ‘स्पिलिट्सभिल्ला’ कोकारण निकै चर्चामा छिन् ।
Post a Comment