यस पटकको विश्वकप फुटवलमा चर्चाका पात्र मध्ये ब्राजिलका नेयमार पनि हुन् ।
उनले उद्घाटन खेलमै क्रोएसियाविरुद्ध २ गोल हानेपछि त उनको चर्चा चुलिएको छ
।
पहिले खेलमा घरेलु समर्थकलाई खुसीको वर्षा गराएका नेयमारले खुसी आफ्नी प्रेमिकासँग पनि साटेका छन् ।पहिलो खेलमै चम्केका नेयमारले आफ्नी प्रेमिका ग्याब्रियला लेजीसँग तस्विर खिचेर सामाजिक सञ्चजालमा शेयर गरेका छन् ।
नेयमारले गोल गरेपछि खुसी मनाउन लेजी रंगशाला नै पुगेकी थिइन् ।
इन्स्टाग्राममा नेयमार र उनकी प्रेमिकाको तस्विर भाइरल नै भएको छ ।
उनका लाखौं शुभचिन्तक र प्रशंसकले उनको तस्विर शेयर गरेका छन् ।
Post a Comment