news and more entertainment

प्रीतिले रुँदै भनिन् -खुल्लमखुल्ला यौन दुर्ब्यवहार हुँदा पनि कोही बचाउँन आएन

बलिउड अभिनेत्री प्रिती जिन्टाले यौनजन्य आक्रमण गरेको भन्दै उजुरी दिएपछि प्रितीका पूर्वप्रेमी एवं ब्यवसायी नेस बादिया पक्राउ पर्ने सम्भावना बढेको छ । भारतको राष्ट्रिय महिला आयोगले पनि यो मुद्धालाई गम्भिर भन्दै जाँच गर्ने निर्णय गरेको छ ।
यसैबीच प्रती जिन्टाले शनिबार यो विषयमा सार्वजनिक अभिब्यक्ति दिएकी छिन् । आँखाभरी आँशु पार्दै प्रितीले आफूमाथि सार्वजनिकस्थलमा यौन जन्य आक्रमण हुँदा पनि कोही बचाउँन नआएको बरु आफ्नो चरित्रमाथि नै प्रश्न उठाउन खोजिएको भन्दै उनले आक्रोश ब्यक्त गरिन् ।
preity crying

मुम्बइको वान्खाडे रंगशालाभित्र वादियाले आफूलाई यौनिक आक्रमण गरेको र धम्की दिएको आरोप प्रीतिले लगाएकी छिन् । वादियाले मे ३० मा वान्खाडे रंगशालाभित्र यौन दुर्यव्यवहार गरेको आरोप उनले लगाएकी हुन् । मे ३० मा प्रीतिको टिम पञ्जाव र चेन्नाइ सुपर किङ्ग्सबीच खेल भएको थियो ।
preity with badiya

उता आरोपित बादिया भने प्रितीले लगाएको आरोपले आफू अचम्मित भएको बताएका छन् । आफूमाथि लागेका आरोप आधारहिन भएको उनको भनाइ छ ।
रंगशालामा कुनै त्यस्तो घटना नभएको उनको दावी छ ।

प्रीति जिन्टा र वादियाको प्रेम सम्बन्ध केही समय अघि अन्त्य भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget