news and more entertainment

सार्ककै उत्कृष्ट नायिका गरिमा भन्छिन्- ‘नम्बर १ को पछाडि दौडिन्न’

 
garima-panta
हालै मात्र श्रीलंकामा सम्पन्न ‘सार्क फिल्म फेस्टिभल’मा उत्कृष्ट नायिकाको अवार्ड पाएपछि गरिमा पन्त निक्कै उत्साहित छिन् । चलचित्र ‘झोला’बाट उनलाई ‘सार्क फिल्म महोत्सव’मा यो चर्चित अवार्ड मिलेको हो । अवार्ड पाएपछि गरिमाको चर्चा बढेको छ । उनै गरिमाले अनलाइनखबरसँग अवार्ड र आफ्नो करिअरका बिषयमा गरेको कुराकानी उनकै शब्दमा ः
म सधै नै आफ्नो कामप्रति इमान्दार छु । यो मेरो इमान्दारिताकै फल हो भन्ने मलाई लाग्छ । यो मलाई दिइएको अवार्ड नै होइन । यो सम्पूर्ण नेपाली सिनेमाका नायिका र सिने क्षेत्रलाई दिइएको अवार्ड हो भन्ने मलाई लाग्छ । हामी पनि कोही भन्दा कम छैनौ भनेर यसले देखाएको छ ।
म ‘रंग बैजनी’को छायांकनमा थिए । श्रीलंकाबाट निर्देशक यादव भट्टराइले फोन गरेर बधाई दिदा त मलाई पत्यार नै लागेन । म त लामै समय अलमलमा परेको थिए । पछि फिल्म यूनिटसँग कुरा शेयर गर्दा ठूलै अवार्ड पाएछु भन्ने मशुश भयो ।
यो मेरो जिन्दगीकै पहिलो अवार्ड थियो । तर पहिलो अवार्ड नै यति अर्थपूर्ण पाएकोमा निक्कै खुशि छु । मलाई फिल्म लाइनमा मेरो स्थान के भन्ने सोच हिजो पनि आएन र आज पनि आएको छैन । म हिजो जहाँ थिए आज पनि त्यही नै छु ।
म कहिले पनि नम्बर १ को दौडमा लागिन । मैले आफू र कामप्रति विश्वास राख्ने हो । म यस्तो नम्बर १ बन्ने होडको विश्वासमा लागिन र लाग्दिन पनि । मैले पहिलेदेखि नै अवार्ड नपाएकाले पनि होला यसप्रति खासै मोह लागेन । तर एक्कासी यो अवार्ड पाउँदा भने निक्कै खुशि लागेको छ ।

म अझै पनि काममा निखरता ल्याउन चाहन्छु । मैले अझै पनि धेरै काम गर्नुछ । मलाई कहिले पनि अवार्डको लोभ लागेन र यसैको लागि काम पनि गरिन । सधै दर्शक र आफ्नो यूनिट खुशि बनाउनुपर्छ भन्ने मेरो सोचाई हो । यसका लागि म सधै नै लागिपरेको हुन्छु ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget