news and more entertainment

वल्र्ड कपः ‘सेकेन्ड राउण्ड पुगेमा सेक्स’

रियो डि जनेरियो (एजेन्सी)– फिफा विश्वकप अहिले चलिरहेको छ । प्रशंशकहरु शानदार खेल र खेलाडिहरुको प्रदर्शनको अलावा अरु कुराहरुको पनि मजा लिइरहेका छन् । यद्यपी यो विश्वकपमा आफ्नो शानदान प्रदर्शन गर्ने कोसिसमा लागेका खेलाडीहरुका लागि कतिपय कुराहरु त्यति शानदार छैनन् । यी खेलाडीहरु अनेकौँ बन्धनमा बाँधिएर विश्वकप खेलको तयारीमा जुट्नु परेको छ ।
टीमले आफ्ना खेलाडीहरुका लागि खेल र अनुशासनको सन्दर्भमा थुप्रै नियमहरु बनाएका छन् । यी मध्ये कतिपय नियमहरु एकै प्रकारका छन् तर यो खेलको दौरान सेक्सको सम्बन्धमा टीम र खेलाडीहरुले अलग अलग तरिकाको नियमको सामना गर्नु परिरहेको छ । जस्तै, कोस्टारिकाको खेलाडीहरुले सेकेन्ड राउन्डमा पुग्नुभन्दा पहिले आफ्नी श्रीमती, प्रेमिका अथवा अन्य कोहि व्यक्तिसँग सेक्स गर्न पाउने छैनन् ।
ब्राजिलका खेलाडीहरुलाई यो कुराको छुट दिइएको छ तर उनीहरुलाई शारिरिक क्षतिको सम्बन्धमा सावधान रहन आग्रह गरिएको छ । नाइजेरियाका खेलाडी विश्वकपको दौरान आफ्नी श्रीमतीसँग मात्र सेक्स गर्न पाउने छन् जबकि रुस, मेक्सिको र बोस्नियाले आफ्नो खेलाडीहरुमाथि विश्वकपको दौरान सेक्समा प्रतिवन्ध लगाएको छ । यद्यपी खेलमा भाग लिइरहेको कुनै पनि टिमले आधिकारीक रुपमा नियमलाई लागु गरिरहेका छैनन् । प्रत्येक टिमले यसका बाबजुद आफ्नो लागि प्रतिबन्धित क्षेत्र निश्चित गरेको छ ।
रुस र चिलिले लगायो रोक
खेलाडीहरु सेक्सका कारण अधिक थाक्ने भएका कारण उनीहरुलाई यो थकानबाट बचाउनका लागि कोचहरुले नयाँ नियम बनाएका छन् । क्वार्टज वेभसाइटका अनुसार जर्मनी, स्पेन, अमेरिका, अष्ट्रेलिया, इटली, नेदरल्याण्ड्स, स्विटजरल्याण्ड, उरुग्वे र इंगल्याण्डले आफ्नो खेलाडीहरुमाथि सेक्समा कुनै पनि प्रकारको प्रतिवन्ध लगाएको छैन । यदि खेलाडी मैदानमा आफ्नो क्षमतासँग न्याय गरिरहेका छन् भने उनीहरुमाथि यो स्वभाविक क्रिया गर्न रोक लगाउन जरुरी नभएको कोच बताउँछन् ।
अर्कातर्फ रुस, चिलि, मेक्सिको र बोस्नियाका खेलाडीहरुमाथि सेक्स प्रतिबन्ध लगाइएको छ । वेभसाइटका अनुसार यी टीमका कोचहरु भन्छन् कि उनीहरुका खेलाडी आफ्नो सेक्ससँग जोडिएको सारा तनाव मैदानमा उतारुन् किनभने उनीहरु यसै कामका लागि यहाँ आएका हुन् ।
‘संसारमा प्रलय आउँदैन’
मेक्सिकोका कोच मिगेल हरेरा भन्छन् कि ४० दिनसम्म शारिरिक सम्बन्ध नबनाउँदा आकाश खस्दैन । यदि कुनै खेलाडी एक महिना अथवा २० दिनसम्म सेक्स नगरी बस्न सक्दैन भने उनलाई व्यवसायिक खेलाडी भन्न मिल्दैन । ब्राजिल, कोस्टारिका, फ्रान्स, नाइजेरियाजस्ता टिमका लागि समस्या अलि बढि नै छ । ब्राजिलका कोच स्कलरीलाई खेलाडीहरुले सेक्स गर्ने कुरामा केहि अपत्ति नभएको तर उनी आफ्ना खेलाडीले शारिरिक सम्बन्ध बनाउने प्रक्रियामा आफूलाई हानी गरेको उनी चाहँदैनन् । सन् २००६ मा उनका टीमका खेलाडी रोनाल्डिनोको सेक्सप्रतिको आशक्तिले गर्दा नै क्यार्टर फाइनलबाट बाहिरिएको स्कलरीको गुनासो छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget