यौन मानव जीवनको अपरिहार्य प्रक्रिया हो । हरेक मानिस सेक्स/यौनको भोको
हुने गर्छ । पुरूड तथा महिला दुवैको जीवनको मायाको उत्कर्ष रूप हो यौन तर
पुरूष तथा महिलाको यौन व्यवहारमा हुने फरकले महिला र पुरूषलाई यौनमा
असन्तुष्टी पैदा हुने गर्छ ।
सामान्यतया पुरुषहरू सेक्सलाई नियमित प्रक्रियाका रूपमा लिएर यसलाई सकेसम्म
चाडो सक्ने प्रयत्नमा हुनछन् भने महिलाहरू सकेसम्म लामो समय लिन चाहन्छन् ।
यसरी महिला तथा पुरूषको यौन चाहनाले फरक पार्दा महिला तथा पुरूषको यौन
जीवन सुखमय नबन्ने सम्भावना बढी हुन्छ ।
विभिन्न खोज तथा अनुसन्धानले के देखाएको छ भने महिलाहरुलाई यौनमा चरम आनन्द
प्राप्त गर्नका लागी पुरूषको तुलनामा केही लामो समय लाग्ने गर्छ । उनीहरू
यौनसम्बन्धका बखतमा लामो समय बिताउन चाहन्छन् । यस्तै, पुरूषहरू सकेसम्म
यौनका लागी प्रत्येक दिन एकै समय र एकै स्थानमा सेक्स गर्न रूचाउँछन् तर
महिलाहरू भने ठीक त्यसको विपरित यौनको अनुभवलाई फरक-फरक स्थानमा र फरक-फरक
तरिकाले लिन चाहन्छन् । तर महिलाको यो चाहनालाई पुरूले बुझेका हुँदैनन् ।
यसले गर्दा महिला र पुरुषबीचको सम्बन्धले लामो समय सफलता पाउँदैनन् ।
सेक्स सुरू गर्नु अगाडि महिलाहरूलाई चुम्बन गर्न र शरीरका अंगहरुलाई स्पर्श
गरेको खुब मन पर्छ तर पुरुषहरू यसमा धेरै रुची देखाउदैनन्, खाली सेक्समा
मात्र ध्यान केन्द्रित गर्छन् । धेरै महिलाहरूले गर्ने गुनासो नै हुन्छ की
साथीले सेक्सका बेला जबरजस्ती गर्छन् । यसरी सेक्स गर्दा महिलाहरूलाई पीडा
पनि हुन्छ ।
मनोचिकित्सकको भनाई मान्ने हो भने सेक्सलाई लिएर पार्टनरसँग जबरजस्ती गर्नु
एक दमै गलत हो किनकी सेक्सलाई जहिलेपनि प्रेमसंग जोडिन्छ । महिला मित्रलाई
सदैव यस कुराको चिन्ता हुन्छ कि उनको पार्टनर बिना उनको ईच्छा नबुझिकन
सेक्स गर्न थाल्छन् । पुरुषहरूले महिला साथीलाई सेक्सको ईच्छा वा चाहना छ
वा छैन भन्ने विषयमा सोच्ने तथा बुझ्ने प्रयत्न नै गर्दैनन् ।
सेक्स गर्ने समयमा पार्टनरसँग प्रेमपूर्वक कुराकानी नै नगर्ने पुरुषहरूको
बानी नै हुन्छ तर सही र आनन्दमय सेक्सको निम्ती यो अतिनै जरूरी कुरा हो ।
मनोचिकित्सका अनुसार सेक्स गर्नु पूर्व पुरुष र महिलाबीच प्रेमका कुराकानी
भएन भने महिलाहरूले सेक्समा त्यति मजा लिन सक्दैनन् । यदि तपाई एक स्वस्थ्य
सेक्सी लाईफको कामना गर्नुहुन्छ भने यो जरुरी छ की सेक्स गर्नु पहिले
पार्टनरसँग जति हुनसक्छ धेरैबेर प्रेमको कुराकानी गर्नु पर्छ ।
सेक्सको शुरुवात प्रेमका साथ गर्नु उपयुक्त मानिन्छ जसले महिलालाई सेक्स
जबरजस्ति गर्न लागेको नभई पुर्ण रूपमा प्रेममा गर्न लागिएको छ भन्ने भान
पार्छ । महिलाहरुले चाहेजस्तो सेक्सको मज्जा उठाउन उनीहरुले चाहेजस्तो
सेक्सको समय र स्थान तथा आसनहरू परिवर्तन गर्नु अझ प्रभावकारी हुन्छ ।
जब तपाई आफनो सेक्स लाईफबाट यी गल्तीहरुलाई हटाउनु हुन्छ तब तपाई
सेक्सलाईफलाई अधिक रोचक र आनन्दमय पाउनु हुन्छ । साथै तपाईं र तपाईंकी
पार्टनरबीच प्रेम सम्वन्ध धेरै प्रगाढ हुन्छ ।

Post a Comment