काठमाण्डौ, ३१ जेठ । महिला कति वर्षको उमेरमा छँदा उनको कपाल सबैभन्दा
सुन्दर बन्छ होला । यसको उत्तर यसै भन्न गाह्रो छ । तर पछिल्लो एक अध्ययनले
भने २९ वर्षको उमेरमा महिलाको कपाल सबैभन्दा सुन्दर र सेक्सी हुने दाबी
गरेको छ ।
बेलायतमा गरिएको एक सर्वेक्षणले यस्तो तथ्य पत्ता लगाएको हो । अध्ययन
अनुसार २ दशक उमेरको उत्तरार्धतिर महिलाले आफ्नो कपालमाथि प्रयोग गर्न
छाड्छन् जसका कारण कपाल सुन्दर बन्छ ।
२० वर्षदेखि २८ वर्षसम्म भने महिलाले कपाललाई राम्रो देखाउने नाममा विभिन्न
खाले रसायन तथा अन्य उपाय अपनाएर झनै खराब पार्ने गर्छन् ।
३० वर्ष पुगेका महिलाहरु मध्ये १० प्रतिशतले आफुले यसअघि स्टाइलको नाममा
आफ्नो कपाल बिगारेकोमा पश्चाताप गर्ने गरेका छन् । अध्ययन अनुसार महिला
२९।३० वर्षको भएपछि कपाललाई स्टाइलिस बनाउन त्यसमा विभिन्न प्रयोग गर्नुको
साटो कपाललाई जतन गर्छन्, कपाल सुन्दर तथा स्वस्थ बनाउन लगानी गर्छन् ।
सोही कारण महिलाको कपाल सुन्दर बन्ने अध्ययनकर्ताहरुको जिकिर छ ।
Post a Comment