news and more entertainment

करण जोहरको पार्टीमा सिद्धार्थ र बरुणविच झगडा

 

 
bharun-and-sidartha
चलचित्र ‘स्टूडेन्ट अफ द इयर’बाट बलिउडमा प्रवेश गरेका नायकद्धय सिद्धार्थ मल्होत्रा र बरुण धवन अहिले आ-आफ्नै कामले चर्चित छन् । उनै दुई नायकको बलिउडका चर्चित निर्देशक करण जोहरको जन्मदिन पार्टीमा झगडा परेको खबर बाहिरिएको छ ।
करणको पार्टी बलिउड र मिडियाका लागि सधै नै रुचीकर हुन्छ । यही क्रममा पार्टीमा पुगेका २ नायकविच झगडा भएको भारतको चर्चित पत्रिका ‘मिड डे’ले जनाएको छ ।
खबरका अनुसार दुई जनाको झगडा एक बिषयलाई लिएर सुरु भएको थियो । सामान्य जोकबाट सुरु भएको वार्तालापले एक बिषयमा आएपछि चर्को रुप लिएको थियो । बरुणले गरेको कमेन्टमा सिद्धार्थ पूर्ण रुपमा असहत हुन पुगे । यसपश्चात सिद्धार्थले बरुणको कुरालाई लिएर पार्टी छोडेको बताइएको छ ।
तर यस बिषयलाई बरुणले भने हल्ला भनेका छन् । पार्टीमा आफूहरुविच यस्तो कुरा नभएको बरुणको तर्क छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget