news and more entertainment

पतिलाई छोडे लगतै व्यापारीसँग दोश्रो बिहे गर्दै करिश्मा

 

  
karisma-kapoor
हालै मात्र आफ्ना पति संजय कपूरसँग डिभोर्स गरेर अलग भएकी बलिउड नायिका करिश्मा कपूर दोश्रो बिहे गर्ने तयारीमा छिन् । एक चर्चित भारतीय अनलाइनका अनुसार करिश्माको सम्बन्ध यतिबेला एक व्यापारीसँग निकट छ । मुम्बइका व्यापारी संदिप तोशिवालसँग करिश्माको निकटता रहेको बताइन्छ ।
संदिपले करिश्मालाई पहिलेदेखि नै भावानात्मक समर्थन गर्दै आएका छन् । संजयसँग करिश्माले डिभोर्स गर्ने फैसला लिएदेखि नै संदिपले साथ दिन थालेका थिए । करिश्माले संजयसँग डिभोर्स गरेपछि यो जोडीले बिहे गर्ने निर्णय गरेको हो ।
करिश्मा र संजयले आफूहरुको सम्बन्धको बारेमा कुनै कुरा खुलाउन चाहेका छैनन् । तर करिश्माको परिवारले बिहेका लागि भने सकारात्मक जवाफ दिइसकेका छन् । संजय ग्ल्यामर दुनियाँबाट टाढा रहेकाले पनि करिश्माले आजसम्म यो सम्बन्धलाई लुकाउन सफल भएकी हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget