news and more entertainment

१५ बर्षे किशोरको बच्चाकी आमा बनिन् ४२ वर्षे महिला

जेठ २६एजेन्सी । अष्ट्रेलियाको वुलमर हेमटन सहरमा एक अचम्मको घटना बाहिर आएको छ । एक ४२ वर्षीया महिला १५ वर्षिया स्कुले छात्रका बच्चाको आमा बनेकी छिन् ।

विवाहित हेलेन कार्टराइट नामको महिलाले प्रहरीसमक्ष आफूभन्दा २७ वर्ष सानो नाबालिग केटाका साथ केही महिनाअघि सम्भोग गरेको स्वीकारेकी छिन् । उनले केटासँग ‘फ्ल्र्ट’ गरे शारिरीक सम्बन्ध कायम गरेका थिए ।

केटा नाबालिग भएको ज्ञान हुँदाहुँदै पनि आफूले १५ वर्षेसँग समभोग गरेको स्वीकार्दै केटासँग पहिलेदेखि नै सम्बन्ध रहेको बताएकी छिन् । पहिले उनीहरुबीच चुम्बन क्रियालगायत लभ मेकिङ कार्य मात्र हुने गरेपनि २०१३ को मे महिनामा ने आफूले केटासँग सम्भोग गरेको बताइन् ।

त्यसपछि कही महिनामा गर्भवती हुन पुगेकी कार्टराइटले नाबालिग केटाको बच्चालाई जन्म दिइन् । अहिले सो बच्चा पाँच महिनाको भइसकेको छ । केटा १६ वर्ष पुगेपछि उनीहरुबीच झन् निकटताका कारण कार्टराइटले आफ्नो पतिलाई छोडेकी थिइन् ।

अदालतको फैसला

यस विषयमा अदालतले कार्टराइटलाई दुई वर्षको जेल सजाय सुनाएको छ । तर बच्चाको जन्म दिएपछि अदालतले उनलाई रिहा गरेको थियो । तर अदालतले महिला दोषी रहेको भन्दै १० वर्षसम्म यौन अपराधीका रुपमा राखेको छ । प्रहरीले उनलाई दुई वर्षसम्म निगरानीमा राख्नेछ ।

प्रहरीसम्म घटना पुगेपछि महिलाले केटोलाई घेट छाडिदिएकी थिइन् । तर, अहिले फेरि बच्चासहित महिला र केटा साथसाथ बस्न थालेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget