news and more entertainment

आदित्यले बिताए श्रद्धाको घरमा रात ?

एजेन्सी)– पछिल्लो वर्षको सुपरहिट फिल्म ‘आशिकी–२’ का चर्चित जोडि आदित्य रोय कपुर र श्रद्धा कपुरको प्रेमको कुरा मिडियामा चर्चाको विषय बनेको छ । तर दुबैजनाले आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर बताएका छैनन् र आफूहरु एकअर्काको निकै राम्रो साथी भएको बताउँदै आएका छन् । तर के तपाईं अनुमान गर्न सक्नुहुन्छ कि एउटा साथी अर्को साथीलाई भेट्न उनको घरमा आधा रातमा जाने गर्दछ र उनको घरमा रात बिताउँदछ ? यस्तो काम त कोही प्रेमीले मात्र गर्न सक्छन् । खबरका अनुसार आइतबारको आधा रातमा आदित्य श्रद्धाको घरमा गए र रातभर उनको घरमा नै बिताए । आदित्यको बीएमडब्लू कार श्रद्धाको अपार्टमेन्टको पार्किङ एरिया रातभरी रहेको बताइएको छ । धेरैजसो कार्यक्रम र अवार्ड समारोहमा श्रद्धा र आदित्य सधैँ सँगै देखिन्छन् । थुपै्र कार्यक्रमहरुका उनीहरु दुबैले एक अर्काको राम्रो को–स्टार भएको बताउँदै आएका छन् । उनीहरु दुबैजना एक अर्काको राम्रो साथी र को–स्टार हुन् कि त्यो भन्दा माथि हुन् यो कुरा भने आउने समयले नै बताउँछ । Aditya and Shraddha kapoor

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget