news and more entertainment

एनए सम्मेलन राजेश हमाल, राजेश पायल राई तथा मनिषा कोइरालाले तताउने


३२ औ एएनए सम्मेलनको लागि नेपाली चलचित्रका महानायक राजेश हमाल आउने पक्का भएको जानकारी ए एन ए सम्मेलन सांस्कृतिक संयोजक तथा नायक सरोज खनालले दिएका छन् l डिसी महानगर क्षेत्रमा सरोज खनाल अध्यक्ष भएको युनाईटेड नेपालले आयोजना गरेको कार्यक्रममा राजेश हमाल आई कार्यक्रम देखाउने गरेका थिए भने भर्खर बिवाह बन्धनमा बाधिएका महानायक यसपाली एएनए सम्मेलनको लागि नया बेहुलीको साथ आउने भएका छन्l
 
यसै गरि गायन क्षेत्रमा निक्कै ख्याती कमाएका अर्का गायक कलाकार राजेश राजेश पायल राई पनि ए एन ए सम्मेलनको लागि आउने भएको कुरा खनालले दिए भने यस पालि ३२ औ ए एन ए सम्मेलनको लागि बलिवुड अभिनेत्री मनिषा कोइराला ,महानायक राजेश हमाल तथा गायक राजेश पायल राईले सम्मेलन घन्काउने निश्चित भएको छ l उहाँहरुका प्रस्तुती हेर्नको लागि प्रसंशकहरु अधिक आउने भएकोले ३२ औ ए एन ए सम्मेलन निकै चाप बढ्ने र भीड हुने अनुमान सरोज खनालले गरेका छन् l
 

राजेश हमालका प्रस्तुति तथा राजेश पायल राईको गीतले ३२ औ ए एन ए सम्मेलन घन्काउने छ भन्ने पूर्ण आशा गर्दै छिटो भन्दा छिटो आफ्नो स्थान आरक्षण गर्न सबैमा आग्रह गर्दै अन्य जानकारी छिट्टै सार्बजनिक गराईने सरोज खनालले बताए l

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget