news and more entertainment

मानसिक चिन्ता 'डिप्रेसन'आफुमा छ कि छैन ? आफै जाच्नुहोस/जानी राखौं/....

 डा. सि पी सेडाइ काठमाडौँ, २६ मे। ३५ वर्षीया कमलालाई जहिले पनि दिक्क लागि रहन्छ । राति निद्रा पर्दैन । काम गर्ने जाँगर छैन । पटक–पटक सुस्केरा हाल्दै कोठामा दिन बिताउँछिन । उनलाई बाँच्ने रहर छैन, तर आफ्ना तीन सन्तानको माया चाहिँ छ ।


 २ वर्षअघि श्रीमानको निधनपछि उनका आशा निराशामा परिणत भएका थिए । आजकल उनलाई कसैसँग बोल्ने मन छैन । कहिलेकाहीँ उनी आफ्ना छोराछोरीसँग पनि रिसाउँछिन् ।

उनलाई रेडियो, टिभी सुन्ने र हेर्ने पनि पटक्कै जाँगर छैन । एक महिना अघि छाति दुखेपछि उनी अस्पताल भर्ना भइन् तर कुनै खराबी देखिएन । उनका हातखुट्टा झम्झम् गर्छन्, टाउको भारी हुन्छ, ढाड दुख्छ ।

आजकल सानातिना कुरा पनि बिर्सन थालेकी छन् । खुसी हुन पटक्कै सक्दिनन् । शरीरमा फूर्ति पटक्कै छैन।
२० वर्षीया लक्ष्मी प्लस टु पढ्दैछिन् ।

 तर, परीक्षामा दुईपटकसम्म फेल भएपछि उनलाई सबैले गाली गरे । साथीहरु उनीभन्दा निकै माथि पुगिसकें । आजकल लक्ष्मी कम बोल्छिन् ।

धेरैजसो एक्लै बस्न रुचाउँछिन् । उनलाई रेडियो, टिभितिर पनि रूची छैन ।  सानो कुरामा पनि रिसाउछिन् र गहभरी आँसु पार्छिन् ।

उनमा जोस जाँगर पटक्कै छैन। मनमा आँट पनि छैन । सम्झना शक्ति घटेको महसुस गर्छिन् । राति निन्द्रा नलाग्ने समस्या छ । उनी टाउको दुखेको, मुटु ढुकढुक गरेको, हातखुट्टा झमझम गरेको र आफू कहिल्यै फ्रेस नभएको महसुस गर्छिन् ।

उनको यो समस्याले गर्दा उनका बाबुआमालाई समेत चिन्तित तुल्याएको छ । बाँच्नुभन्दा मर्न पाए राम्रो हुन्थ्यो भन्ने सोचाई मनमा आउछ । उनलाई आफ्नो रोगबारे केही थाहा छैन तर उनलाई अब बाँचिदैन जस्तो लाग्छ ।

छानोबाट हामफालेर आत्महत्या गर्ने कोशिश पनि गरिसकिन् उनले । तर, परिवारले रोके । त्यसपछि अस्पताल भर्ना गरिएकी उनलाई औषधि, इसिटि तथा साइकोथेरापी गराइएको छ । अब उनको मन पहिले जस्तै खुशी भएको छ । काम गर्ने जाँगर बढेको छ । यस्ता समस्यलाई डिप्रेसन भनिन्छ । जुन निकै मान्छेमा पाइन्छ।


१०. पहिले–पहिले मानसिक रोग भनिन्थ्यो तर अहिले मनोरोग भनिने गरिन्छ । मनोरोग भनेको टेन्सन हुनेदेखि कडा रोग सिर्जोफोनियासम्म पर्छ । अति सामान्य रोगदेखि कडा रोगसम्मका बिरामी यसमा पर्छन् । डिप्रेसन रोग लागेका बिरामीमा यस्तै चिन्ता हुन्छ कि मेरो दिमाग नै आउट हुन्छ तर त्यस्तो हुदैन । त्यसैले आत्तिन हुँदैन । सामान्य मनोरोग लागेका बिरामीले अनावश्यक चिन्ता लिनु हुँदैन ।
(डा. सेडाइ, नशा तथा मानसिक रोग बिशेषज्ञ हुन्)


आजकाल धेरै मानिस डिप्रेसनको समस्या लिई आउने गरेका छन् । नेपालको  राजनैतिक अवस्था र आर्थिक संकटले पनि मानिसका यस्ता समस्या बढाएका छन् । डिप्रेसन बढ्दै जाँदा मानिस आत्महत्या गर्ने अवस्थासम्म पुग्छ । ७० प्रतिशत आत्महत्या डिप्रेसनकै कारण भएको पाइएको छ । पीडादायी घटनाबाहेक डिप्रेसन हुनुमा बंशानुगत कारणले पनि भूमिका निर्वाह गरेको पाइन्छ । यहाँ स्मरणीय कुरा के छ भने डिप्रेसनले ग्रस्त भएर पनि मानिसलाई रोग लागेको थाहा हुँदैंन । सोहीकारण अर्को रोगको आशंका गर्दै पटक–पटक डाक्टरकहाँ पुग्ने गरेका र रोग पत्ता नलागेका उदाहरण प्रशस्त पाइन्छन् । छाति तथा पेटको रोग तथा हातखुट्टा झमझम गर्ने समस्या भएको भन्दै बिरामी धेरै डाक्टरकहाँ पुग्छन् । कोहीचाहिँ धामीझाक्रीकहाँ पुग्छन् । यो रोग २०(२५ प्रतिशत मानिसमा देखा पर्छ ।
लक्षण
- २ हप्ताभन्दा बढी समयसम्म दिक्क लागिरहने ।
- रून मन लाग्ने, निराश हुने ।
- एक्लै बस्न रूचाउने ।
- झर्को लाग्ने, दिक्क मान्ने ।
- बोल्न मन नलाग्ने ।
- छटपटी हने, छाति तगा पेट दुख्ने, हातखुट्टा झमझम गर्ने, पैताला तथा तालु पोल्ने, मुख सुक्ने
- आत्मग्लानी हुने ।
- भूत, वर्तमान र भविष्यबारे नकारात्मक सोचाई रहने ।
- निदाउन गाह्रो हुने, निद्रा कम पर्ने, बिहान चाँडै ब्युँझने ।
- खानामा रूचि नहुने ।
- शारीरिक सम्पर्क गर्न रूचि नहुने ।
- आफúलाई बेकामको सम्झने, टाउको दुख्ने, स्फूर्ति नआउने ।
- मर्न पाए हुन्थ्यो भन्ने सोचाई आउने, कसै–कसैले आत्महत्यासमेत गर्छन् ।
- अनावश्यक कुरामा धेरै शंका मान्ने र कानमा आवाज आउने । डिप्रेसन यो रोग महिलामा बढी हुन्छ ।


डिप्रेशन कति प्रकारका हुन्छन् ?

-    न्यूरोटिक डिप्रेसन
-    साइकोटिक डिप्रेसन
-    छटपटि गर्ने डिप्रेसन
-    नबोली, नचली बस्ने डिप्रेसन
-    बच्चामा पाईने डिप्रेसन
-    वयस्कमा पाईने डिप्रेसन
-    बुढेसकालमा पाईने डिप्रेसन
-    जाडो महिनामा मात्र हुने डिप्रेसन
-    छोपिएको डिप्रेसन
-    डिस्थाइमिया डिप्रेसन
-    दोहोरिएको डिप्रेसन आदि

डिप्रेसनका बिरामी कस्ता समस्या लिएर आउछन् ?
-    बिरामीहरु आफुलाई टाउको दुख्ने रोगको लक्षण बताउछन् ।
-    कतिपय बिरामी आफूलाई क्यान्सर लागेको शंका गर्छन् ।
-    कोही घाँटीमा केही अड्कियो भनी आत्तिन्छन् ।
-    कोही यौन अंगको समस्या तथा यौनेच्छामा कमी भएको बताउछन् ।
-    कोही बिरामी वारम्बार पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस भएको बताउंछन् ।
-    कोहीचाहिँ मुटुको रोग लाग्यो भन्दै मुटु रोग विशेषज्ञकहाँ पुग्छन् ।
-    कोही ढाड दुख्ने, जोर्नीमा दुख्ने समस्याको सिकायत गर्छन् ।
-    कोही खाना अपच, पाचन शक्ति कम भएको शिकायत गर्छन ।
-    कोही काम्ने र बक्ने गर्छन् र बोक्सी लागेको विस्वास गर्छन् ।
-    कोही अचानक बेहोस भएको बताउछन् ।
-    डिप्रेसनका विरामी एक्लै शान्त ठाउँमा बस्न रूचाउछन् ।
-    बढी चिन्ता गरिरहने र आफ्नो जीवनदेखि नै हरेस खाएका हुन्छन् ।

कसरी मानसिक रुपमा स्वस्थ्य बन्ने ?
१.   कहिलेकाँही कुनै घटना परिस्थिति तथा वाध्यता पछि मानिसको मन भौतारिन सक्छ । यस्तो अवस्थामा मन एउटै कुरामा घुमाई रहनुहुँदैन । बरु मन परिवर्तन गर्नुपर्छ, कुनै नराम्रो अनुभव मनमा लिईरहँदा हाम्रो मष्तिष्कमा समेत असर पु¥याउँछ । शरीर तात्छ, मुटुको धडकन बढ्छ र छटपटि हुन्छ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाई नगर्ने ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget