पहिलो पटकको सेक्ससँग जोडिएका तथ्यहरु
(एजेन्सी)– पहिलो पटकको सेक्सको बारेमा मानिसहरुमा धेरै
प्रकारको कौतुहल र जिज्ञासा उत्पन्न हुने गर्दछ । जिज्ञासासँगै मानिसहरु
यसको बारेमा थाहा पाउन पनि आतुर हुने गर्दछन् र मानिसहरुले धेरै प्रकारको
गलत जानकारी पनि दिने गर्दछन् । यस्तै कौतुहललाई समाप्त गर्नका लागि पहिलो
पटकको सेक्सको बारेमा यहाँ जानकारी दिईएको छ । १. क्रेजी सेक्सः यदि तपाईं
आफ्नो पहिलो सेक्स धेरै राम्रो हुने सोच बनाउँदै हुनुहुन्छ भने तपाईं गलत
सोच्दै हुनुहुन्छ । याद राख्नुहोस् यो तपाईंको लागि नयाँ अनुभव हो र यसका
लागि तपाईं धैर्यवान् हुन जरुरी छ । तपाईंको पहिलो सेक्स अनुभव राम्रो
नभएपनि यसमा डराउनु र आत्तिनुपर्ने छैैन किनभने यो समयसँगै राम्रो हुँदै
जान्छ । २. चरमोत्कर्षः यदि पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने
चरमोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारिरिक आवश्यकताको
बारेमा जानकारी दिनुहोस् र लिनुहोस् । ३. झुटो चरमोत्कर्षः महिलाहरुले
पहिलो पटक सेक्स गर्दा आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो
चरमोत्कर्षको नाटक गर्नुपर्दैन । यो तपाईंको पहिलो पटकको सेक्स भएका कारण
तपाईंको पार्टरले तपाईंलाई बुझ्नुहुनेछ । ४. फोहोरी गफः धेरैजसो मानिसहरु
पहिलो पटकको सेक्स गर्नुपूर्व फोहोरी गफ गर्नुपर्छ भन्ने सोच्छन् तर यो
सत्य होइन् । पहिलो पटकको लभ मेकिङको दौरान बिस्तारामा आफ्नो पार्टनरसँग
तपाईं के चाहनुहुन्छ भन्ने बारेमा कुरा गर्दा पनि हुन्छ । फोहोर कुराहरु
पछि गर्न सक्नुहुनेछ । ५. तपाईं पहल गर्नुहोस्ः धेरैजसो महिलाहरु माया
दर्साउन लजाउने गर्दछन् । तर पहिलो पटक सेक्स गर्दा तपाईं पहल गर्नुहोस र
उनलाई पर्खेर नबस्नुहोस् । यदि एक अर्काको मुख ताकेर बस्नुभयो भने पुरा रात
नै बित्छ । ६. पहिलो पटकको सेक्स पीडादायक हुन्छः पहिलो पटकको सेक्स निकै
पीडादायक हुने धेरै मानिसहरुको भनाई हुन्छ तर यदि ठिक तरिकाले फोरप्ले
गरियो र तपाईं यसको लागि तयार हुनुहुन्छ भने पहिलो पटकको सेक्स निकै सजिलो र
कम पीडादायी हुन्छ । चाहिएको खण्डमा तपाईं लुब्रिकेन्टको प्रयोग पनि
गर्नसक्नुहुनेछ । ७. आकारको महत्वः विश्वास गर्नुहोस् सेक्समा आकारको कुनै
पनि भूमिका हुँदैन । महिलाहरुमा धेरैजसो यो भ्रम हुन्छ कि उनको पुरुषको
आकार जति ठूलो हुन्छ त्यति नै उनीहरुहरु आनन्दित हुने सोच्दछन् तर यो सोचाई
गलत हो । चरमोत्कर्षमा आकारको कुनै पनि महत्व हुँदैन । ८. पोर्न
फिल्मजस्तो अनुभवः यदि तपाईं पोर्न स्टारजस्तो सेक्स गर्ने सोच्दैहुनुहुन्छ
भने यो तपाईंको सोचाई गलत साबित हुनेछ । पोर्न फिल्ममा देखाइने धेरैजसो
भुटो हुने भएकाले यसको पछि नलाग्नुहोस् । ९.ब्लिडिङको धारणाः धेरैजसो
मानिसहरु पहिलो पटकको सेक्स पछि महिलाको रगत आउने धारणा छ । ब्लिडिङको
धारणा कुमारित्वसँग जोडिएको हुँदैन । हाइमन टुटेमा ब्लिडिङ हुने गर्दछ ।
हाइमन खेल खेल्दा, साइकल चलाउँदा र अरु केहि कार्य गर्दा नै टुटिसकेको पनि
हुनसक्छ । १०. धेरै बेरसम्म सेक्सः पहिलो पटकको सेक्स धेरै लामोसम्म हुने
कुरा गलत हो । त्यसकारण पहिलो पटकको सेक्समा कुनै उद्देश्य नराखी मात्र
आनन्द लिने तरिकाले गर्नुहोला ।
Post a Comment