यौेन अङ्गहरुमा चिलाउनुको पछाडि विभिन्न कारण हुन सक्छन् । राम्रोसँग सफाइ
नगर्नु एउटा प्रमुख कारण हो । चिलाउदा कन्याउने गर्दा पाछिएर रातो हुन्छ र
सुन्निने गर्दछ । त्यसैले सर सफाइ गर्नु निकै जरुरी छ । कम्तीमा दिनको
एकपल्ट साबुन पानीले यौन अङ्गहरु सफा गर्ने गर्नुपर्दछ । तर, धेरै नै
चिलाउँछ भने तुरुन्त स्वास्थ्यकर्मी कहाँ जँचाउनु पर्दछ किनकी यो कुनै
संक्रमणको लक्षण पनि हुन सक्दछ ।
के हो प्रजनन अङ्गको सङ्क्रमण ?
प्रजनन अङ्गहरूमा प्राकृतिक रूपमा धेरै प्रकारका जीवाणुहरू हुन्छन् ।
विभिन्न कारणले शरीरमा रोगसँग लड्नसक्ने शक्ति कम भएको बेलामा जीवाणुहरूको
अत्यधिक वृद्धिभई हुने सङ्क्रमणलाई प्रजनन् अङ्गको सङ्क्रमण भनिन्छ । यी
सङ्क्रमणहरू प्रजनन् अङ्गको सङ्क्रमण भएको व्यक्तिसँग असुरक्षित यौन
सम्पर्क राख्दा सर्ने सम्भावना हुन्छ । त्यसैले यसलाई यौन संक्रमित रोग
भनिएको हो । जस्तैः भिरिङ्गी, सुजाक, मुसा, लुतो आदि यसका उदाहरणहरू हुन् ।
यौन संक्रमण भएको बेला असुरक्षित यौन सम्मर्क गर्दा एचआईभी पनि सजिलैसँग
सर्न सक्छ ।
कनिपय किसिमका यौन संक्रमण यौन सम्पर्क गर्दा मात्र सर्छ भन्ने छैन । जस्तै
जुतो संक्रमित व्यक्तिसँग हात मिलाउँदा, संक्रमित व्यक्तिसँग सुत्दा,
संक्रमित व्यक्तिले प्रयोग गरेको कपडा प्रयोग गर्दा आदि । तर, जुठो खाँदा
एउटै चर्पीको प्रयोग गर्दा भने सर्दैन । एचआइभी भने असुरक्षित तरिकाले
(कण्डमको सहि तरिकाले प्रयोग नगर्दा) यौन सम्पर्क नगर्दा मात्र सर्दछ । यस
बाहेक यौन सम्पर्कका अनेकौ विधिहरु प्रयोग गर्नेहरु जस्तैः गुदद्वार मैथुन,
मुख मैथुन, आदिबाट पनि सर्न सक्दछ । कुनैकुनै यौन रोगहरू रगत तथा
निर्मलीकरण नगरिएका सिरिन्जबाट पनि सर्दछन् । यदि हात सफा छ भने
हस्तमैथुनबाट मात्रै यौन रोग सर्दैन ।
उपचार गर्दा के के कुरामा ध्यान दिनुपर्छ ?
समाजमा चलेको हल्ला र अरु मानिसको हल्लाका भरमा जथाभावी उपचार गर्न थाल्दा
प्रतिकुल असर परी ठूलो समस्यामा परिन सक्छ । किनकि यौनाङ्ग शरीरको
अत्यान्तै सम्बेदनशिल अङ्गमा पर्दछ । त्यसैले स्वास्थ्यकर्मीले दिएको
सल्लाह अनुसार नै उपचार गर्नुपर्दछ र दिइएको औषधि पूरा समयसम्म नियम पूर्वक
प्रयो गर्नु पर्दछ । गर्नुपर्दछ । औषधिको प्रयोग पूरा समय नगर्दा रोग
सुषुप्त अवस्थामा रहिरहेको हुन्छ र पछि फेरि बल्झिएर अरू बढी जटिलताहरू
निम्त्याउँछ ।
यौनसंक्रण यसबाट कसरी बच्न सकिन्छ ?
यौन सङ्क्रमणबाट बच्ने धरै तरीकाहरू छन् । सानै उमेरमा यौनसम्पर्क नराख्ने
किनभने उनीहरूमा यौन सम्पर्कलाई कसरी सुरक्षित बनाउने भन्ने नै थाह हुदैन र
यौनाङ्गमा चोटपटक लागि संक्रमा हुन सक्दछ । हाम्रो समाजमा बाल विवाह गर्ने
प्रचलन भएकोले महिलाहरू अझै धेरै जोखिममा छन् । यस्तो प्रचलन हटाउने
अभियानमा लाग्नुपर्छ ।
यौन सम्पर्क श्रीमति वा अविवाहित भए र यौनसम्पर्क गर्न पर्ने अवस्था आएमा
विश्वासिलो साथीसँग मात्र राख्नु पर्छ । सामान्यतया हाम्रो सामाजिक
संरचनामा महिलाको भन्दा बढी पुरुषहरूको यौन व्यवहार जिम्मेवारपूर्ण नहुनाले
गर्दा महिलाहरूले एकै जना साथीसँग यौन सम्पर्क राख्दा पनि जोखिममा परेका
छन् ।
सुईको प्रयोग गर्नुपरेमा निर्मलीकरण गरेको वा डिस्पोजेबल सुईको प्रयोग गर्नुपर्दछ । रगत लिँदा सधै जाँच गरिएको रगत मात्र लिनुपर्दछ ।
एक जनाभन्दा बढी व्यक्तिसँग यौन सम्पर्क हुन्छ भने पनि कन्डमको सही तरीकाले
प्रयोग गर्नेे र महिलाहरूमा पनि पुरुषलाई कन्डम प्रयोग गर्न प्रोत्साहन
गर्ने क्षमताको विकास हुनु अति आवश्यक छ । परिवार नियोजनका अस्थायी साधनहरु
कण्डम बाहेक सबैले यौन संक्रमणको रोकथाम गर्न सक्दैन किनकि तिनीहरु
गर्भनिरोधको लागि मात्र बनाइएका हुन । कण्डमको सही प्रयोगले भने
यौनसंक्रमणका साथै गर्भनिरोधको पनि काम गरिरहेको हुन्छ ।
कण्डम लगाएर यौन सम्पर्क गर्दा मज्जा आउँदैन भन्ने हल्लाको प्रभावले गर्दा
यस प्रति भ्रम पैदा भएको छ । वास्तवमा अतिसामान्य रुपमा फरक परेको भएतापनि
सधै कण्डम लगाउँने बानी भएपछि त्यसमा यौन आनन्दमा कुनै फरक पर्दैन ।
Post a Comment