भर्जिनिया,आसार १
बलिउडकि
सुपर स्टार मनिषा कोइरालाको सम्मानमा जुलाई ५ र ६ तारिख ३२ औ ए एन ए
सम्मेलनमा रात्री भोजको आयोजना गरिने भएको छ। सम्मेलन मुख्य संयोजक हेमन्त
श्रेष्ठलेका अनुसार बलिउडकी कलाकार मनिषा कोइराला आउने निश्चित भइसकेकोले
उनीसँग बसेर ३२ औ ए एन ए सम्मेलनमा रात्री भोजन गर्न पाईने भएको छ।
साथै उनले इच्कछुक सम्पूर्ण प्रसंशकहरुलाई सहभागीका लागिआग्रह गरेका छन् l
जुलाई
५ तारिखको दिन साँझ ८ देखि १० बजे तय गरिएको छ भने सरिक हुन् चाहना
राख्नेको लागि एकलको १५०. डलर तथा जोडीले २०० डलर अर्च गर्नुपर्ने भएको छ।
जुलाई
६ तारिखको दिन ५ देखि ७ बजे तय गरिएको छ भने उक्त रात्री भोजको लागि एकलको
लागि १०० डलर तथा जोडीको लागि १५० डलर राखिएको जनाईएको छ l उक्त
रात्री भोज ३२ औ ए एन ए डिसी सम्मेलन हुने भर्जिनियाको टाइसन कर्नर स्थित
शेराटन प्रिमियर होटलमा हुने छ l
३२
औ ए एन ए सम्मेलनमा दुई दिन नै मनिषा कोइरालासँग रात्री भोज राख्नु
पर्ने सवालमा दुवै दिन निश्चित (सिट)स्थान भएकोले आरक्षण गर्न र यो
अवसर गुमाएकाहरुको लागि दोश्रो दिनको समयको साईत जुराईएको श्रेष्ठले जनाए l
यसको लागि अग्रिम रुपमा रात्री भोजको टिकट खरिद गर्नको लागि चाजो मिलाई
सकिएको र यसको लागि ३२ औ ए एन ए सम्मेलन आधिकारिक संजालबाट
(anadcconvention2014.org )बाट किन्न सकिने उल्लेख गरिएको छ l
Post a Comment