news and more entertainment

प्रधानमन्त्री २ महिना अमेरिकामा बस्ने, फोक्सो क्यान्सरको आशंका

 जेष्ठ-२७, काठमाडौँ (सास) । पछिल्लो समय स्वास्थ्यमा आएको विभिन्न समस्याको उपचारका लागि प्रधानमन्त्री कोइराला अमेरिका जाने तयारीमा छन् । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार कोइराला नियमित स्वास्थ्य परीक्षणका लागि अमेरिका जाने तयारीमा रहेको पुष्टि भएको हो । उपचारकालागि कोइराला २ महिना अमेरिका बस्ने बताइएको छ ।
प्रधानमन्त्री कोइरालालाई फोक्सो क्यान्सरको आशंका गरिएको छ । स्वास्थ्य जाँचका क्रममा जिब्रोको क्यान्सर बढेर फोक्सोमा पुगेको चिकित्सकहरुले बताएपछि उनी दुई महिनाका लागि अमेरिका जाने भएका छन् । यस अघि पनि उपचारका लागि कोइराला अमेरिका पुगिसकेका छन् । कोइराला २०६२/६३ को जनआन्दोलन हुँदा सेनाको गाडीले ठक्करका कारण अस्पताल भर्ना भएका थिए । त्यतिखेर कोइरालाको जिब्रोमा क्यान्सर देखिएको थियो । उनले न्युयोर्कस्थित क्यान्सर सेन्टरमा जिब्रोको शल्यक्रिया गराएका थिए । त्यो यताका हरेक बर्ष कोइरला स्वास्थ परिक्षणका लागि अमेरिका जाने गरेका थिए । अघिल्लो वर्ष १३ असारमा उनी अमेरिका पुगेका थिए ।

तर अहिले लामो समयदेखि निमोनियाबाट पीडित बनेका कोइराला चिकित्सकको निगरानीमा छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार कोइराला संसद अवरोधको कुरा मिलाएर अमेरिका जाने तयारीमा छन् । भारत भ्रमणपछी कोइरालाको स्वास्थ्यमा समस्या बढेर गएको चिकित्सकको भनाई छ । फोक्सोमा देखिएको दागका कारण पनि चिकित्सकहरुले कोइरालालाई छिट्टो अमेरिका जान सुझाएको बालुवाटार स्रोतले बताएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget