(एजेन्सी)–
भारतका प्रधानमन्त्रीले लोकसभाको चुनावमा परिवारको नाम दर्ता गर्ने क्रममा
जसोदाबेनलाई आफ्नी श्रीमतीको नाममा स्विकार गरे तर अब आफ्नी पत्नीका कारण
मोदी अदालती झमेलामा पर्न सक्छन् । आफ्नी श्रीमती जसोदाबेनको जानकारी
लुकाएका कारण मोदीविरुद्ध रिट दायर हुनसक्छ ।आम आदमी पार्टीका नेता निशान्त वर्माले अहमदाबादको एक अदालतमा मोदीविरुद्ध एफआरआई दर्ता गर्न हार गुहार गरिरहेका छन् । निशान्तका अनुसार मोदीले सन् २०१२ को विधानसभा चुनावमा आफ्नी श्रीमतीको नाम लुकाएका थिए त्यसैले उनका विरुद्ध रिट दायर हुनुपर्ने उनको माग छ ।
यो विषयमा अहमदाबादको एक अदालतमा १२ जुनमा बहस हुने भएको छ । त्यसपछि नै मोदीका विरुद्ध रिट दायर गर्न सकिने वा नसकिने कुराको छिनोफानो हुने बताइएको छ । स्मरण रहोस्, अहमदाबाद क्राइम ब्रान्चले २१ मे मा एक रिपोर्ट पेश गरेको थियो जसमा स्पष्ट लेखिएको थियो कि मोदीले उनकी पत्नीको नाम लुकाएर कुनै पनि अपराध गरेका छैनन् ।
त्यसपछि नै आम आदमी पार्टीका नेताले अदालतको ढोका ढक्ढकाएका हुन् । लोकसभा सिटमा आफ्नो नाम भर्ने क्रममा मोदीले श्रीमतीको नाममा पहिलोपटक जसोदाबेनको नाम लेखेका थिए ।
Post a Comment