काठमाडौं, प्रायजसो मानिसहरू सेक्स गर्नका लागी नयाँ नयाँ तरिकाहरू खोजी
गरिरहने गरेको पाइन्छ । मानिसहरूको यहि कुरालाइ ध्यानमा राख्दै गूगल
ग्लासले एउटा यस्तो एप्स बनाएको छ ।
हजुर, अब सेक्स टेप बनाउने जमाना गएको छ । यस २१ औं शताव्दिमा यसको ठाउँ
गूगल ग्लासले लिएको छ । अब तपाइँ आफुले लाइभ सेक्स गरेको हेर्ने मात्र नभै
यसको आफैंले रेकर्डिङ समेत गर्न सक्नुहुनेछ ।
डेली मेलका अनुसार, अब त्यो जमाना गएको छ, जब तपाइँ आफ्नो सेक्स गतिविधिहरू
वा इन्टीमेट मोमेन्ट्सलाइ रेकर्ड गर्नका लागी क्यामराको मद्दत लिनु
पर्दथ्यो ।
सेक्स विद गूगल ग्लास एप को निर्माण नोभेम्बरमा लेबनीज डिजाइनका स्टूडेन्ट शेरिफ मक्तबीले लण्डन वियरेबल हेकथोन इभेन्टमा गरेका थिए ।
यस एपको निर्माणको उद्देश्य बताउँदै मक्तबीले भनेका छन् उनी मानिसहरू नयाँ
तरीकाबाट नयाँ चिजको अनुभव गरून् । अर्थात उनीहरू मानिसहरूको अनुभवलाई
बदल्न चाहन्छन् ।
मक्तबीका अनुसार जब हामीले आफैंले आफुलाइ सोध्यौं कि सेक्सलाई गूगल
ग्लासबाट कसरी अझै राम्रो तथा रोमाञ्चक बनाउन सकिन्छ ? त्यसपछि हाम्रो
दिमागमा एउटा सेक्स विद ग्लास को आइडिया आयो।
यस एपको राम्रो कुरा के भने यसलाइ आवाज मार्फत नियन्त्रित गर्न सकिन्छ ।
जस्तै, बोल्नुस कि अब रेकडिङका लागी तयार होउ । त्यसपछि यो एप शुरू हुन
थाल्दछ ।
यस ग्लास मार्फत मात्र लाइभ सेक्स रेकर्ड गर्न सकिने नभै फोटो पनि खिच्न
सकिन्छ । भन्नुको मतलब यो हो कि यो गूगल ग्लास तपाइँका सबै प्राइभेट र
म्याजिक मुमेन्ट्सलाइ सजिलै तश्विरमा कैद गर्न सक्दछ ।
यस एपको अर्को रमाइलो कुरा के भने पार्टनरसंग सेक्स गर्दा पार्टनरको अगाडी
कस्तो देखिन्छ भन्ने कुरा पनि देख्न सकिन्छ । यति मात्र हैन, दुबै
पार्टनरका ग्लासेजबाट दुबै साइडबाट रेकर्डिङ हुन सक्दछ । व्यक्ति आफुलाई
सेक्स गर्दा गर्दै पनि हेर्न सक्दछ कि उ कस्तो देखिन्छ ।
डिलीट हुनुभन्दा पहिले पांच घण्टापछि यो भिडियो आफैं प्ले हुन्छ । यस एपलाइ
यसको लञ्चिङ गरिएको दिन नै वेबसाइटबाट १७ गूगल ग्लास अनर्सले यसालाई
डाउनलोड गरेका थिए ।
अब तपाइँ पनि छिटै यस ग्लासका साथमा सेक्स गरेर आफ्नो सेक्स
एक्सपिरियन्सलाइ बदल्ने मात्र नभै आफ्ना इन्टीमेट पलहरूलाई पनि सजिलै कैद
पनि गर्न सक्नुहुन्छ ।
Post a Comment