भावना
पाठक – बलिउडका सदाबहार नायक अक्षय कुमार तथा करिना कपुर चाँडै नै एक
चलचित्रमा सँगै देखिने भएका छन् । अक्षय कुमारले नयाँ चलचित्र “सिंह इज
ब्लिङ”मा करिना कपुरलाई प्रस्ताव गरेको बताईएको छ | “सिंह इज ब्लिङ” सन्
२००८ मा विपुल शाहले निर्माण गरेको चलचित्र “सिंह इज किङ”को सिक्वेलका
रूपमा निर्माण हुने भएको हो ।
प्रभु
देवाको निर्देशन रहने यो चलचित्रलाई अक्षय र अश्विनी यार्डीले संयुक्त
रूपमा निर्माण गर्न लागेका हुन् । स्रोतका अनुसार करिना कपुरलाई “सिंह इज
ब्लिङ”को स्क्रिप्ट असाध्यै मन परेकाले उनि यस चलचित्रमा काम गर्ने इच्छा
व्यक्त गरेकी छन् | अक्षय र करिनाले यसअघि पनि थुप्रै फिल्ममा सँगै काम गरे
सकेका छन् | अजनबी, ऐतराज, वेवफा, टसन, कमबख्त इश्कजस्ता उनीहरुले खेलेको
सफल फिल्म मानिन्छ | “राउडी राठौर”मा पनि करिनाको आइटम नम्बर समावेश गरिएको
थियो । हाल करिना फिल्म “गब्बर”को लागि काम गरिरहेकी छन्।
Post a Comment