news and more entertainment

आफ्नै दाई सँग माया, प्रेम गर्ने जेनिशा ....

 काठमाडौं । नायिका जेनिशा केसी चलचित्र क्षेत्रमा आएको ७ वर्ष भयो ।
चलचित्र क्षेत्रमा आएसँगै एकपछि अर्को गर्दै चलचित्रहरु हात पारेकी जेनिशा यो बीचमा करीब ३ वर्ष गुमनाम जस्तै भइन् । कारण नायक विराज भट्टको पयालयन । 
कुनै समय नेपाली चलचित्र क्षेत्रका विजी स्टार विराज भोजपुरी चलचित्रमै करियर खोज्दै भारत पलायन भएपछि जेनिशाका लागि पनि संघर्षका दिन आए । 
विराजकै सिफारिसमा भटाभट चलचित्र पाइरहेकी उनले त्यसपछि भने चलचित्र पाउँन छोडिन् ।
तर फेरि यो लामो मौनतापछि जेनिशा फेरि फर्केर आएकी छिन् चलचित्र आधी बाटोबाट । यो चलचित्र अहिले मुलुकभर प्रदर्शन भैरहेको छ भने व्यवसायिक रुपमा सफल चलचित्रमा गनिन थालिसकिएको छ । 
यस चलचित्रका निर्माता हुन्–रमेश त्वायन । आधीबाटो रिलिज नहुँदै रमेश र जेनिशाबीचको सम्बन्ध केलाउँन सुरु भएपछि विचरी जेनिशा स्पष्टीकरण दिदा दिदै हैरान भएकी छिन् । 
यसबीचमा आफ्नो रुसी व्वाइफ्रेन्ड भएको जानकारी गराउँदा पनि नभएपछि अन्ततः जेनिशाले रमेश आफ्नो दाइ सरह भएको स्पष्टीकरण दिएकी छिन् ।

अब दाइले बहिनीले आफ्नो घरमा राख्न पाउँने कि नपाउँने,राती अबेर हुँदा गाडीमा पुर्याउँन पाउँने कि नपाउँने ? अनि कुनै सभा समारोहमा सँगै देखिन पाउँने कि नपाउँने ? यी प्रश्नहरुको जवाफ चाहिं तिनै औंला उठाउँने दुनियाँले दिनुपर्छ होइन त दाइकी प्यारी बहिनी ?

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget