news and more entertainment

गसिप । श्रीमान् श्रीमतीमा त स्वार्थ हुन्छ भने प्रेमी-प्रेमिकामा किन हुदैन:बिनिता घिमिरेl

बिगत ५ वर्ष देखि नेपाली चलचित्र उद्योगमा आफु रहेको बताउने नबनायिका बिनिता घिमिरेले पछिल्लो समयमा श्रीमान् र श्रीमती बीच त स्वार्थ हुन्छ भने प्रेमी-प्रेमिकामा किन नहुने बताएकी छिन् । फिल्म ‘हनिमुन’बाट कलाकारिता सुरु गरेकी नवनायिका घिमिरेले फिल्मी बजार डटकम संग कुरा गर्दै सो कुरा बताएकी हुन् । पछिल्लो समयमा फिल्मी बजारमा उनको प्रेम सम्बन्धका बारे बुझ्न खोज्दा बिनिता धेरै बेर सम्म गफिन् । बजारमा चल्ने हल्लाहरुको आफु कहिल्यै पनि पछी नलाग्ने भन्दै त्यस्ता आधारहीन हल्लाहरुलाई आफुलाई फरक नपर्ने जिकिर गरेकी छिन् ।तर कुराकानीकै क्रममा यदि प्रेमी प्रेमिका छ भने छ भनिदिदा के हुन्छ र मेरो प्रेमी कसैले खोस्ने कुरा पनि आउदैन भने अरुको प्रेमीका खोस्ने चोर्ने कुरा पनि त होइन नि त्यसैले म भएको कुरा प्रस्ट संग बोल्ने मान्छे हु तर नचाहिदो र हुदै नभएको कुरालाई हो भनेर कसै संग राम्रो बन्न सक्दिन । बिनिताको अभिनय र फिल्म भन्दा पनि प्रेम सम्बधका कुराले चर्चा पाएकै हो त भनें प्रश्न मा भन्छिन् ‘अब उद्योगमा काम त सबै संग गर्ने पर्छ,संगै काम गर्दैमा र कहिले काही संगै हिड्दैमा प्रेमी-प्रेमिका या जोडी नै हुन्छ भनेर मुल्यांकन गर्नु पनि त उचित होइन नि त्यसकारण हेर्नुस मेरो नाम ओम क्षेत्री संग नजोड्नुस । नेपाली चलचित्र उद्योगमा बेला बखत यस्ता हल्लाहरु चल्नु स्वाभाविक मान्दै यस पहिले पनि आफ्नो नाम मुकेश ढकाल,राजबल्लब binita-ghimire-hotलगायतका नायक संग जोडिएकाले अहिले ओम क्षेत्री संग जोडिएको नाम पनि आफुलाई नौलो नलागेको भन्दै ‘म गलत गर्दिन भने अरुले मलाई बिनिता मेरो प्रेमिका भनेर कुर्लदै हिड्नुको कुनै अर्थ छैन ।’ अहिले सम्म एक भोजपुरी फिल्म समेत गरी ६ वटा फिल्ममा अभिनय गरिसकेकी बिनिताको अहिले सम्म कुनै पनि फिल्म रिलिज हुन सकेको छैन तर फिल्म राहदानीको भने च्यारिटी सो भैसकेको छ भने फिल्म रिलिजको तयारीमा छ । फिल्म राहदानीले आफुलाई चिनाएको स्वीकार्दै उनले भनेकी छिन् म ५ वर्ष देखि कलाकारितामा सकृय छु मैले यो क्षेत्रका मान्छेहरु को कस्ता छन् राम्रो संग चिनेकी छु त्यसैले जो भर्खर १ /२ महिना देखि उद्योगमा प्रवेश गरेको छ त्यस्तो मान्छेलाई किन प्रेमी बनाउनु नि यदि प्रेमी नै बनाएर फिल्म खेल्नु थियो,राता रात हिट हुनु थियो र केहि स्वार्थ पुरा गर्नु नै थियो भने त ओम भन्दा चलेका र स्थापित भैसकेका फिल्मीकर्मीलाई नै प्रेमी बनाउछु नि किन ओम जीलाई नै प्रेमी बनाउनु ?’ झोक्किदै भनिन् । यस किसिमका अभिव्यक्ति दिदै गर्दा प्रेमी-प्रेमिका बीचको सम्बधमा स्वार्थका कुरा र हैसियतका कुरा आउछन र भन्ने बिषयमा भने उनि जोसिदै भनिन् ‘श्रीमान् श्रीमती बीचमा त स्वार्थका कुरा आउछन भने प्रेमी-प्रेमिकाको सम्बन्धमा किन स्वार्थका कुरा आउँदैन ?उल्टै प्रश्न गरिन् ।’ प्रेम सम्बन्ध र सेक्सका बिषयमा खुलेरै कुरा गर्ने बिनिताले यस अगाडी पनि केहि अनलाइन मिडियालाइ आफुले यहि कुरा बताउदै आएको जिकिर गरिन् । मेरो अहिले सम्म प्रेमी छैन र जहिले हुन्छ त्यो दिन खुल्लम खुल्ला रुपमै प्रेमि भएको बताउने भन्दै ओम संग नाम जोड्नु बेकार भएको र आफुलाई उहाको नाम जोडेर कुनै फाइदा समेत नभएको खुलाइन् । स्क्यान्डल भनौ भने पनि उहा भर्खर आएको कलाकार उहा भन्दा त मा चलिसकेको छु भन्दै ओम संग नाम नजोड्न बारम्बार आग्रह गरिन् । फिल्मी बजारमा संगै हिडेको र सार्बजनिक कार्यक्रममा पनि अलिक नजिकको सामीप्यता देखिन्छ नि भन्दा एउटा संयोग मात्र भएको जवाफ दिएर पन्छिने कोसिस गरिन्

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget