news and more entertainment

बेलायतका अत्याधुनिक सिनेमा हलमा नेपाली चलचित्र

जेठ २७ गते
लण्डन । बेलायतका सुविधासम्पन्न ए ग्रेडका सिनेमा हलमा बसेर नेपाली चलचित्र हेर्ने बैलायतबासी नेपालीको चहाना अब पूरा हुने भएको छ ।
बेलायतकै प्रतिष्ठित ओडियन सिनेमामा यहि जुन ३० तारिख नेपाली चलचित्र राघवको प्रदर्शन हुन लागैको हो । युरोपकै सबैभन्दा ठूलो चेन सिनेमा ओडियनमा नेपाली चलचित्र प्रदर्शन हुन लागेको यो पहिलोपटक हो ।
मध्य लण्डनको केन्सिंग्टनस्थित ओडियन सिनेमामा राघव प्रदर्शन हुनेछ । लण्डनस्थित गेटस्पेस मिडिया र ३६१ प्रोडक्सनले राघवलाई बेलायतका दर्शकमाझ ल्याएका हुन । यसअघि यहि समूहले चलचित्र होस्टेललाई पनि लण्डनमा प्रदर्शन गराएको थियो ।
राघव विदेशमा अध्ययन गर्र्ने नेपाली विद्यार्थीको कथामा आधारित चलचित्र हो । भुपेन्द्र भट्टराईले निर्देशन गरेको चलचित्रमा सिबिर पोखरेल, अस्मिता ढकालसंगै एक जना अमेरिकन नायिकाको समेत मुख्य भुमिका छ । चलचित्रको झण्डै ९० प्रतिशत छायांकन अमेरिका र बांकी नेपालमा भएको हो ।
पछिल्ला वर्षहरुमा बेलायतमा पनि केहि नेपाली चलचित्र प्रदर्शन भएका छन । तर चलचित्र राम्रै भएपनि प्रदर्शन गरिनै सिनेमाको निम्न गुणस्तरले चलचित्रको आनन्द लिनै नपाएको धेरै दर्शकले गुनासो गर्दै आएका थिए । तर राघव ओडियनमा प्रदर्शन भएपछि गुणस्तरीय सिनेमामा नेपाली चलचित्र हेर्ने दर्शककौ चाहना पूरा हुने विश्वास आयोजकले गरेका छन ।
यसैबीच राघवकै प्रदर्शनको दिन नेपाली सर्ट मुभि आरुष पनि देखाइने भएको छ । सागर खरेलले निर्देशन गरेको आरुषमा गोकुल खडका र अर्चना घिमिरे लगायतले अभिनय गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget