news and more entertainment

बोको हरामद्धारा फेरी २० महिलाको अपहरण

काठमाडौं, जेष्ठ २७ । नाइजेरियाको उत्तरी बोर्नो राज्यबाट इस्लामिक लडाकु समूह बोको हरामले कम्तिमा २० महिलाको अपहरण गरेका छन् । बन्दुक देखाएर ती महिलाहरुलाई जर्बजस्ती भ्यानमा राखेर अज्ञात स्थलमा लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गत अप्रिल १४ मा बोको हरामले २ सय भन्दा बढी स्कुले बालिकाहरुको अपहरण गरेका चिबोक गाउँ नजिकैबाट ती महिलाहरु अपहरणमा परेका हुन् ।

बोको हरामको हिंसात्मक गतिविधि बढेपछि उत्तरी नाइजेरियामा संकटकालीन स्थितिको घोषणा गरिएको छ । बोको हरामको गतिविधि नियन्त्रण गर्न नसकेको भन्दै नाइजेरियाली सरकारको आलोचना भैरहेको छ ।

इस्लामिक राज्यको माग गर्दै सन् २००९ बाट बोको हरामले सुरु गरेको संघर्षका कारण हजारौं मारिइसकेका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget