news and more entertainment

एन्जोलिना जोलीलाई महारानीको सम्मान

एजेन्सी ।
हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई बेलायती महारनी एलिजाबेथले सम्मान गर्ने भएकी छिन् ।

महिलाविरुद्ध हुने इोन हिंसा र बलात्कारकलाई युद्धको हतियारका रुपमा प्रयोग गर्ने प्रवृत्तिविरुद्ध जोलीले पुरयाएको योगदानको कदर गर्दै एलिजाबेथले जोलीलाई सम्मान गर्ने भएकी हुन् ।

राष्ट्रसंघीय निकायको सद्भावना दूत भएर जोलीले महिला हकहितका पक्षमा चलाइएको अभियानमा सहभागिता जनाउँदै आएकी छिन् ।

३९ वर्षीया जोलीले महारानीबाट सम्मान पाउनु आफ्ना लागि ठूलो गर्वको विषय भएको बताइन् । बलात्कारलगायतका यौन हिंसाको मारमा परेका महिलाको पक्षमा काम गर्न पाउनु आफैमा ठूलो सम्मान भएको र यसमा महारानीको सम्मान थपिएपछि आफूले थप गर्व महसुस गरेको उनले बताइन् ।

महिलामाथिको हिंसा अन्त्य हुनु अझै धेरै समय लाग्ने भएकाले यस दिशामा आफ्नो सक्रियता जीवनपर्यन्त जारी रहने उनले बताइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget