news and more entertainment

अर्काको श्रीमतीसँग शिक्षकले अनैतिक सम्बन्ध राखेपछि….

तारुका (नुवाकोट), असार ५ – नुवाकोटको तारुकास्थित श्रीकृष्ण उच्चमाविका शिक्षक खुमलाल तिमल्सिनामाथि स्थानीयले कुटपीट गरेका छन् । स्थानीय एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखेको आरोप लगाउँदै तिमल्सिनालाई कुटपीटपछि महिलासहित बुधबार प्रहरीको जिम्मा लगाइएको एक स्थानीयले रातोपाटीलाई जानकारी दिए ।
करीब ७ वर्षयता प्लस टु र माध्यामिकस्तरमा अंग्रेजी विषय बढाउँदै आएका तिमिल्सिना र ती महिलाबीच अनैतिक सम्बन्ध रहँदै आएको स्थानीयको दाबी छ । स्थानीयका अनुसार महिलाका श्रीमान रोजगारको सिलसिलामा भारतमा रहेको बेलामा उनीहरुबीच अनैतिक सम्बन्ध रहने गरेको थाहा पाएर श्रीमान घर फर्केपछि महिलाको बयानको आधारमा तिमल्सिनालाई झिकाइएको र लगत्तै कुटपीटपछि दुबै जनालाई प्रहरीको जिम्मा लगाइएको थियो ।
डेरामा बसिरहेको बेला शिक्षक तिमल्सिनालाई काम छ भन्दै केहि युवाहरुले महिलाको घरमा लगेको र त्यसपछि अनैतिक सम्बन्ध राखेको भन्दै पुरै गाउँलेले कुटपीट गरेका थिए । कुटपिटबाट तिमल्सिनाको शरीरका विभिन्न भागमा चोटपटक लाग्नुको साथै पिठ्यूमा निलडाम बसको छ ।
प्रहरीले उनीहरु दुबैलाई नियन्त्रणमा लिएको बताउँदै अनुसन्धान जारी रहेको बताएको छ । महिलाले केहि वर्ष पहिलेमात्रै गाउँमै भागी विवाह गरेकी थिइन् ।

को हुन् खुमलाल ?

धादिङका तिमल्सिनाले यसअघि धादिङ र नुवाकोटका विभिन्न विद्यालयमा पढाइसकेका छन् । झण्डै सात वर्षअघिमात्रै अग्रेजी शिक्षकको रुपमा श्रीकृष्ण उच्चमाविका प्रवेश गरेका थिए तिमल्सिना । त्यसयता उनले प्लस टु र माध्यामिकस्तरमा अंग्रेजी विषय अध्यापन गर्दै आएका छन् । यद्यपी विद्यालयमा प्रवेश गरेलगत्तै उनी विभिन्न विवादमा फसिरहे । कहिले स्थानीयसँग राजनीतिक आवरणमा झैझगडा गर्ने त विद्यालयका छात्रालाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप सम्म उनलाई लाग्यो ।
स्मररण रहोस् छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोहि विद्यालयका विद्यार्थीले २०६९ कात्तिक १४ गते उनलाई कक्षा समयमै कालोमोसो र जुत्ताको माला लगाइदिएका थिए । त्यतिबेला बिना कारण कालोमोसो र जुत्ताको माला लगाएर आफ्नो मानहानी गरेको दाबी गर्दै स्थानीय राजनीतिक दलको आडमा उनले विद्यार्थीहरुविरुद्ध स्थानीय अदालतमा उद्दासमेत दायर गरेका थिए ।
उनलाई नजिकबाट चिन्ने एक शिक्षककले विगतदेखि नै उनले राख्दै आएको अनैतिक सम्बन्धको पुष्टि भएको भन्दै शिक्षा क्षेत्रमा काम गर्ने अन्यलाई पनि लाजमर्दो भएको र यस्ता शिक्षकलाई विद्यालयबाट हटाउन पर्नेमा जोड दिँदै त्यसो हुन सके समाजलाई नै फाइदा पुग्ने बताए । उनका अनुसार तिमल्सिना तारुका बाहेक पनि नुवाकोट र धादिङका विभिन्न विद्यालयमा बढाउँदा अनैतिक काम गरेको आरोपका कारबाही पर्दै आएका थिए ।
अनैतिक काम गरेर समाजकै बद्नाम गर्न उद्धत उनलाई तत्काल पदपरिपूति गरेर सेवाबाट हटाइनुपर्ने स्थानीयको जोड छ ।
स्रोतका अनुसार गतवर्ष भएको लोकसेवा आयोग परिक्षामा नाम ननिस्केपछि उनको विद्यालयबाट चाँडै नै जागिर खोसिने छ । स्थायी शिक्षकको नियुक्ति प्रक्रिया अघि बढेलगत्तै उनले विद्यालयको जागिर गुमाउनेछन् 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget