news and more entertainment

यी हुन् महिलालाई काटेर मासु खाने व्यक्ति

२०७१ जेठ २९ गते
भनिन्छ मान्छे आफ्नै व्यवहार तथा कर्मले देवता बन्छ र आफ्नै व्यवहार तथा कर्मले दानव । देउता र दानव दुबै यहीँ मानव चोलाभित्रै पाइन्छन् । अमेरिकामा एकजना मानिसले यस्तो व्यवहार देखाएका छन् की उनलाई दानव वा राक्षस नभन्ने को होला र ?
३७ वर्षका एक पुरुषले एकजना महिलालाई मारेर उनको सरीर टुक्राटुक्रा पार्दै कपाकप मासु खाए ।

समाचार अनुसार टेनिसीका बासिन्दा ग्रेगोरी स्कट हेलले लिसा हेदर नामकी महिलाको हत्यामात्र गरेनन् उनको टाउको, खुट्टा तथा हात लगायतका अंग काटेर छुट्टाए र टुक्राटुक्रा पारे ।
समाचार अनुसार उनले ती महिलाको मासु काटेर खाए पनि । अनि बाँकी रहेको सरीर आफ्नैै घर अगाडि ग्ँडे ।
राक्षसी पुरुषले आफुले महिलाको सरीरको मासु खाएको अनुसन्धान अधिकारी समक्ष स्विकार गरेको सिएनएनले जनाएको छ ।
अनुसन्धान अधिकारीहरुका अनुसार मारिने महिला र ती पुरुषबीच पूर्व चिनजान थिएन । ती पुरुषले एक्कासी महिलालाई मारेर त्यस्तो हिंश्रक काम गरेका हुन् । हत्याको एक दिन पछि उनी पक्राउ परे ।
उनी विरुद्ध परेको मुद्दाको अभियोगपत्रमा लेखिए अनुसार महिलालाई मारेपछि ती पुरुषले उनको टाउको र हात छिनालेर एउटा बाल्टिनमा राखे भने खुट्टा र अरु सरीरुलाई अर्को बाल्टिनमा राखे । त्यसपछि केही मासु खाएर बाँकी रहेको शवका टुक्राहरु जमिनमूनि गाडे । उनीमाथि निर्मम हत्या र लासलाई समेत दुव्र्यवहार गरेको अभियोगमा मुद्दा चलाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget