news and more entertainment

इराकमा नेपाली अपहरित भएको आशंका

 काठमाडौं,असार५–इराकमा मुस्लिम लडाकुद्वारा नेपाली अपहरित भएको समाचार सार्वजनिक भएका छन् । टर्कीका समाचार समितिहरु डोगन र अनाडोलुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले किर्कुक सहरमा नेपालीहरु अपहरणमा परेको जनाएका हुन् ।
किर्कुकमा अस्पताल निर्माणमा संलग्न नेपालीसहित पाकिस्तान,बंगलादेश र तुर्कमेनिस्तानमा नागरिकसहित ६० जना अपहरणमा परेको समाचारमा जनाइएको छ । इराकको उत्तरी क्षेत्रमा केही दिनदेखि आक्रमण गर्दै आएको इस्लामिक स्टेट इन इराक एण्ड सिरिया ९आइसिस० का लडाकुद्वारा उनीहरु अपहरित भएका हुन् ।
तर नेपाली अपहरणमा परेकोबारे परराष्ट्र मन्त्रालयलाई भने स्पष्ट जानकारी छैन । परराष्ट्र मन्त्रालयका अधिकारीहरुले समाचार सुनेर मात्र जानकारी पाएको भन्दै अनुसन्धान भइरहेको जनाएका छन् । परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकरदास बैरागीले पनि अपहरणबारे आधिकारिक सूचना प्राप्त नभएको बताएको आजको नायँपत्रिका दैनिकमा खबर छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget