news and more entertainment

त्रिविद्वारा १३ कलेजको सम्बन्धन खारेज

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएको कलेजमध्ये १३ वटा कलेजको सम्बन्धन खारेज गरेको छ। त्रिविको कार्यकारी परिषदको बैठकले कलेज सञ्चालन भए नभएको सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्दा समेत सञ्चालनमा रहेको विवरण पेश नगरेपछि ती कलेको सम्बन्धन खारेज गरेको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।
त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ८८ को नियम ३८४ को १ बमोजिम सम्बन्धन खारेज गरेको त्रिविले जनाएको छ। सो परिच्छेदको नियम ३८४को ए मा सम्बन्धन स्थगन तथा खारेज गर्न सक्ने उल्लेख गरेको छ।
सो नियमले क्याम्पसको सम्बन्धन प्राप्त गर्नलका निमित्त तोकिएको कुनै पनि सर्त पूरा नगरेमा वा सो अनुरुप आचरण नगरेमा वा विश्वविद्यालय ऐन, नियम, आदेश वा निर्देशनविपरित कार्य गरेमा परिषदले सम्बन्धन स्थगन वा खारेज गर्न सक्नेछ।
सम्बन्धन खारेज गरिएका कलेजहरुमा

  • बागमती मोर्डन क्याम्पस-कपन
  • ज्ञानोदय कलेज- सानेपा
  • कन्या क्याम्पस- लैनचौर
  •  नेपाल साइन्स क्याम्पस- रामशाहपथ
  • ग्यालेक्सी एजुकेशन फाउन्डेसन- ज्ञानेश्वर
  • नर्सिङ क्याम्पस- वीर अस्पताल
  • कोलम्बस कलेज- बानेश्वर
  • परामर्स मनोविज्ञान तथा सामाजिक अध्ययन- कालिमाटी
  • ग्रामिण विकास क्याम्पस- सीतापाइला
  • लण्डन कलेज अफ विजनेश- लाजिम्पाट
  • प्रज्ञा शैक्षिक एकेडेमी- विजुलीबजार
  • कान्तिपुर कलेज- जमल
  • इन्फरमेटिक्स कलेज अफ म्यानेजमेन्ट- कमलपोखरी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget