news and more entertainment

ढाड दुख्ने पुरुषहरुका लागि सम्भोगको उत्तम आसन पत्ता लाग्यो


ढाड दुख्ने पुरुषहरुका लागि सहवास समेत कष्टदायी हुन्छ । सहवासका परम्परागत आसनहरुले पुरुषलाई आनन्द भन्दा बढि पीडा दिने भएकाले नयाँ नयाँ तौरतरिका अपनाउन बाध्य हुन्छन् उनीहरु ।धेरैको सोचाइमा ‘चम्चा आसन’ (तल दिइएको) ढाड दुख्ने पुरुषका लागि उत्तम आसन हुनसक्छ । यस्तो आसमा पुरुषको ढाडले आड पाउने र सरीर भुइँमै सुताएर सहवास गर्न सकिन्छ । तर वैज्ञानिकहरुका अनुसार यस्तो आसन ढाड दुख्ने पुरुषहरुका लागि उपयुक्त आसन होइन ।

शोधकर्ताहरुले ‘कुकुर-आसन’ अर्थात् कुकुरले सम्भोग गर्ने स्टाइल नै ढाड दुख्ने पुरुषहरुका लागि सबैभन्दा उत्तम सम्भोग आसन भएको तथ्य पत्ता लगाएका छन् ।क्यानडाको वाटरलू विश्वविद्यालयका शोधकर्ताहरुले सम्भोगका बेला मेरुदण्ड तथा सुसुम्नाको चाललाई विश्लेषण गरी यस्तो निष्कर्ष निकालेका हुन् ।त्यसक्रममा उनीहरुले विभिन्न १० यौनजोडीका ५ वटा सामान्य यौनआसनका बेला हुने मेरुदण्ड तथा सुसुम्नाको चालका विषयमा प्राप्त इन्प|mारेड तथा विद्युत चुम्बकीय चाललाई रेकर्ड गरेका थिए ।त्यसपछि उनीहरुले यौन आसन र त्यसले मेरुदण्डमा पार्ने प्रभाव तथा बढाउने पीडाका विषयमा विश्लेषण गरी गाइडलाइन तयार पारे ।

स्पाइन जर्नलमा छापिएको शोधका अनुसार लामो समयसम्म बस्दा तथा बुढीऔँला छुँदा ढाड दुख्ने मानिसहरुका लागि चम्चा आसनको सम्भोग भन्दा कुकुर आसन उपयुक्त हुन्छ ।प्रमुख शोधकर्ता नताली सिडोरकेविजका अनुसार अहिलेसम्म फिजिसियनहरुले चम्चा आसन अपनाउन सल्लाह दिने गरेको भएपनि त्यो गलत रहेको र आफुहरुको अध्ययनले कुकुर आसन नै उपयुक्त हुने ठहर गरेको बताएकी छिन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget