news and more entertainment

फूलपाती कै दिन एकै परिवारका ४ जनाको घाटी रेटी हत्या

लमजुङ,असोज १५ – जिल्लाको भोटेओडार गाविस–४ पिप्लेमा एकै परिवारका ४ जनाको रहस्यमय रुपमा हत्या भएको छ ।
भोटेओडारको अकलामन्दिर नजिकै बस्दै आएका ६० वर्षीय अर्जुनप्रसाद रेग्मीसहित उनका परिवारका अन्य तीन जनाको निर्मम रुपमा हत्या भएको हो । रेग्मीको३५ वर्षकी छोरी रीना घिमिरे, १२ वर्षका नाति विकास घिमिरे र छोरी ज्योति रेग्मीलाई बुधबार बिहान रहस्यमय ढंगले मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको घाँटीमा खुर्पा प्रहार भएको छ । अहिले घटनाको अनुन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली घटनास्थल पुगेको छ । प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा गएको प्रहरी टोली र पोखरा क्षेत्रीय प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोलीले यसबारे अनुसन्धान गरिरहेको बताइएको छ । घटना किन र के कारणले भयो भन्ने बारेमा भने अझै केही खुलेको छैन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget