news and more entertainment

यौन र सम्बन्ध

रितु एक प्रतिष्ठित कम्पनिमा कर्मचारीका रुपमा काम गर्छिन् । उनको श्रीमान रितेश पनि एक मल्टिनेशनल कम्पिनिमा मेनेजर पदमा कार्यरत छन् । दुवै जना अफिसको कममा १२-१४ घण्टाको समय बिताउाछन् ।
बेलुका घर पुगेपछि उनीहरु धेरै थकित हुन्छन् र ओछ्यानमा पुगेपछि निदाउन थाल्छन् । शनिबार बिदाको दिन मात्र उनीहरुलाई एक अर्कासाग बोल्ने फूर्सद हुन्छ । यदि शनिबार पनि कार्यलयको मिटिङ भइदियो भने त एक अर्कामा बोल्ने अवसर नै मिल्दैन । व्यस्त दिनचर्याका कारण बिहे भएको एक वर्षको बीचमा उनीहरुको यौनजीवन रमणीय बन्न सकेको छैन । यद्यपी निजी कम्पनिमा कार्यरत धेरै दम्पतीको यस्तै अवस्था छ । कामको बोझले उनीहरुलाई सेक्स बारे सोच्ने फूर्सद नै हुादैन । तर बैवाहिक सम्बन्धलाई प्रगाढ बनाउन सेक्स महत्वपूर्ण  आधार मानिन्छ ।

कामको बोझ जीवनको बाधक

निजी क्षेत्रमा घण्टौं काम गर्ने व्यक्तिको थकित शरीरका कारण यौन जीवनमा नकारात्मक असर पर्ने गरेको  पाइन्छ । बि्रटेनमा भएको एक सर्वेक्षणले धेरै समयसम्म काम गर्ने हरेक ५ जनामध्ये एक जना व्यक्तिको यौन जीवन नाजुक बन्ने गरेको देखाएको छ । लामो समयसम्म काम गर्ने कारण हाम्रो देश नेपालमा पनि धेरै दम्पतीको यौन जीवन नराम्ररी प्रभावित भइरहेको छ । धेरैबेरसम्म काम गर्नेहरुको यौन जीवनमा निम्न असर पर्न सक्छ ।

असर 

आन्तरिक कुराकानी गर्ने समयको कमी हुन्छ ।  थकानका कारण सेक्सईच्छा हुादैन । यौनस्वादको अनुभूति हुादैन । ओछ्यानमा सम्बन्धको महशुस हुादैन । शारीरिक सम्पर्कको बेला महिलामा यौन रसको समस्या हुन्छ र सेक्सको आनन्द मिल्न  सक्दैन । पुरुषको उत्तेजनामा समस्या आउाछ र इरेक्सन -यौन सम्पर्क गर्न मन नलाग्ने) हुन्छ । सेक्सको कुनै अनुभव हुादैन । कामेच्छामा कमी आएका कारण दम्पति बीचको दूरी बढ्दै जान्छ । यसरी व्यस्त जीवनका कारण तपाईं आफ्नो करिएरमा सम्झौता गर्न सक्नुहुन्न । त्यसैले व्यक्तिगत वा पेशागत जीवनमा तालमेल गराउन केहि कदम उठाउन आवश्यक छ ।

जीवनसाथीसाग इमान्दार रहने

जीवनसाथीसाग तपाईको माया स्पर्श र साथ नै महत्वपूर्ण हुन्छ । जीवनसाथीसाग मनका कुरा एक आपसमा बताउनुस् । एक आपसमा कुनै कुराकानी नभएमा  तपाईहरुको भावनात्मक दूरी बढ्दै जान्छ । आफ्नो जीवन साथीसाग कुरा गर्ने समय अवश्य निकाल्नुस् । यसले एक अर्काको व्यस्तता बुझ्न सकिन्छ र जीवनसाथीबाट समय नदिए पनि उपेक्षित महसुस
हुादैन ।

माया जगाउने 

सम्बन्धलाई सुदृढ पार्न इमान्दारीताले मात्र पुग्दैन । उसको ख्याल कति गरिन्छ भन्ने महसुस गराउन पनि उत्तिकै जरुरी हुन्छ । यहि महसुसले तपाईको यौन जीवनको कमी पूरा गरिदिन्छ ।

शब्दमा ध्यान दिने

घरमा अफिसको भाषा प्रयोग गर्न राम्रो मानिादैन । अफिसमा जुनियर्स तहका कामदारलाई प्रयोग गर्ने भाषाको प्रयोग झुक्किएर पनि जीवनसाथीसाग नगर्नुहोला । यसले जीवनसाथीको भावनामा ठेस पुग्न सक्छ । यद्यपि तपाई स्वस्थ रमाईलो जीवन चाहनुहुन्छ भने घर पुगेपछि अफिसलाई भुलिदिनुस्  र जीवनसाथीसाग मायाले भरिएका कुरा गर्नूस् ।

बिदाको दिन अफिसको काम भुलिदिने 

यदि तपाई सम्बन्धलाई मिठास बनाइराख्न चाहनुहुन्छ भने बिदाको दिन जीवनसाथीलाई समय दिनुस र उसको ध्यान राख्नुस् । उनी साग धेरै समय बिताउनुस् । सबै कुरा भूलेर एक दिन एक अर्काको बारेमा
सोच्नुस् । यसले तपाईको हप्तैभरिको तनाव हट्छ र सम्बन्ध बलियो
बन्छ । भूलेर पनि यो दिन अफिसको काम घरमा नल्याउनुस् । कसैले पनि अवरोध नगरोस् भनेर मोवाईल स्वीच अफ गरिदिनुस् ।

सेक्सलाई स्पेशल बनाउने

सेक्सका लागि तपाईसाग समय छैन भने पनि समय मिलेपछि यसलाई महत्वपूर्ण बनाउने कोशिस गर्नुस् । यसले सेक्सलाई स्पेशल बनाउन मद्धत गर्छ । जीवनसाथीसाग साथ रमाईलो डिनर गर्नुस् । उनीसाग रमाइलो खबर आदानप्रदान गर्नुस् वा माया भरिएका कुरा गरेर खुशी राख्ने प्रयास गर्नुस् ।

अनुभव गर्नुस्

सम्बन्धमा नयाा ताजगी र उर्जा ल्याउन सेक्सुअल सम्बन्धको अनुभव गर्दै जानुपर्छ । अनि मात्र सम्बन्ध बलियो बन्दै जान्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget