news and more entertainment

सुदर्शनसँग मेरो सच्चा प्रेम छ, पैसाको पछि लागेको भए छविकै घरमा हुन्थे: रेखा थापा

जीवनमा पहिलोपल्ट प्रेममा परेको भन्दै नायिका रेखा थापाले यसैले यो बिषयलाई सार्वजनिक गरेको बताएकी छिन् । उनले सुदर्शनसँग आफ्नो सच्चा प्रेम भएको भन्दै बिहेको कुरालाई भने भविष्यमा नै राख्न भनेकी छिन् 

एउटा सक्षम महिलाले प्रेमका लागि जातभात, अंग नहेेर्ने देखाउन आफूले सुदर्शनसँगको प्रेमलाई सार्वजनिक गरेको रेखाको कथन छ । बिहेका लागि प्रेम गरिनु स्वार्थ भएको रेखाले बताएकी छिन् ।
असोज १५ गतेबाट प्रदर्शनमा आउन लागेको उनको चलचित्र ‘हिम्मतवाली’को प्रचारका लागि पनि रेखाले यस्ता हल्ला बजारमा चलाएको आरोप लाग्ने गरेको छ । तर, उनले यसलाई हल्ला नभई वास्तविकता भनेकी छिन् । उनले आफू सुदर्शनसँग हिड्दा, सँगै बस्दा शारीरिक आवश्यकताबाट नगुजि्रएको बताइन् । यस्ता कुरा सोच्नेलाई नै छोडिदिन उनले आग्रह गरेकी छिन् ।
उनले सिनेमाको पर्दामा देखिने रेखालाई मात्र सबैले वुझेको भन्दै रियल लाइफमा आफू कस्तो रहेकी छु भनेर कसैले नवुझेको बताइन् । पैसाको पछि लागेको भए आफू छवि ओझाकै घरमा हुने थिएँ भन्दै उनले सुदर्शनले चलचित्रमा लगानी नगरेको तर्क गरेकी छिन् । ‘शुक्रबार’ साप्ताहिकसँग कुरा गर्दै उनले सुदर्शनलाई हिरो बनाएर आफूले नयाँ साहस गरेको दाबी गरेकी छिन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget