news and more entertainment

रेखा थापाद्वारा सुदर्शनको मायामा पग्लीएको स्विकार

पटक पटक अनेक समाचारले चर्चामा आई रहने अभिनेत्री रेखा थापाले आफु सुदर्शन गौतमको प्रेममा परेको गरेकी छन | फ़िल्म निर्माता छविराज ओझा संग सम्बन्ध बिच्छेद गरि एकल जीवनमा रमाई रहेकी रेखाले पुन: घरजम गर्ने सुर कसेको संकेत दिएकी छन् ।
आफु क्यानडा निवासी सुदर्शन गौतम संगको गहिरो मायामा परेको र यो माया हल्ला मात्र होईन बास्तविक भएको पनि खुलाएकी छन | म उसको मायाले पग्लिए गलेँ । उससंगको मायाले मलाई आफु पहिलो पटक कसैसंग मायामा परेको अनुभव भएको छ | यो कुरालाई मैले मनमा राख्न सकिन र सार्वजनिक पनि गरेँ | कसैसंग माया गर्नु कुनै पाप हैन भन्दै मायाको आदर्श दर्शन छाट्दै उनले भनिन मायामा रुप रंग र अंग केहि पनि हेरिदैन मैले पनि त्यहि गरेँमन संग मनको सईनो गास्ने निर्णय गरेँ |उनी दुई बिचको नाता सम्बन्धलाई थप स्पस्ट पार्दै उनले आदर्श बाक्यमा भनिन मेरो माया बारे आफ्नै तर्क छ ,बिहेका लागि प्रेम गरिन्छ भने त्यो त स्वार्थ भइगयो नि, मलाई यत्ति थाहा छ- हामीवीच स्वच्छ प्रेम छ।’मलाई कुनै नाटक रच्नु छैन | भित्रभित्रै चक्कर चलाएर बाहिर हामी असल साथी हौं भन्न मेरो मनले मानेन त्यसैले सत्य स्वीकारीदिएँ’ रेखाले भनिन् ।
बजारमा मेरो र सुदर्शनको नाम जोडेर चलेको हल्ला उनले यसलाई हल्ला नभई वास्तविकता भनेकी छिन् । उनले सिनेमाको पर्दामा देखिने रेखालाई मात्र सबैले वुझेको भन्दै रियल लाइफमा आफू कस्ती छु भन्ने कसैले नवुझेको बताइन् ।मलाई पैसाको कुनै मतलव छैन |पैसाकै पछि लागेको हुन्थे भने त मा छबिकै घरमा हुन्थे होला पैसाको आवस्यकता त छबि बाट नि पुरा हुन्थ्यो तर मायाको आवस्यकता पुरा हुन सकेन र सम्बन्ध बिच्छेद गरेँ । source: setoparewa
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget