news and more entertainment

अंग प्रदर्शन गरेर चर्चामा आउनु छैन

हमेशा', 'मधुमास' लगायत करिब एक दर्जन चलचित्रमा स–साना भूमिका निर्वाह गरेकी मधुमल्ला मोरङकी २१ वर्षीया नमिता खड्का म्यूजिक भिडियोमा ब्यस्त रहेकी छिन् । सानैदेखि कलाकारिता क्षेत्रमा स्थापित हुने सपना देखेर विगत तीन वर्षदेखि यस क्षेत्रमा क्रियाशिल नमिता यतिबेला म्युजिक भिडियोहरुमा निकै व्यस्त देखिएकी छिन् । 'चलचित्रमा अनुबन्धित हुनुप¥योे भन्ने त थुप्रै निर्देशकहरुबाट अफर आउँछ,' नमिता सुनाउँछिन्, 'पारिवारिक पृष्ठभूमि समेटिएको चलचित्रहरु अनि परिवारका सदस्यहरु बसेर हेर्न मिल्ने चलचित्रमा अभिनय गर्ने चाहना छ ।' पछिल्लो समय कथाले मागेको भन्दै 'ग्ल्यामर' को नाममा भल्गारिटीलाई प्राथमिकता दिन थालिएको उनी सुनाउँछिन् । त्यस्तै समाजमा अपाच्य दृश्यहरु सार्वजनिक गरेर 'हाईलाईट' हुन खोज्नेहरु अनावश्यक चर्चा कमाउने बाहेक कसैको नजरमा राम्रो नबन्ने भन्दै भल्गारिटीको विपक्षमा आफू रहेको नमिताको भनाई छ । आधा दर्जन भन्दाबढी म्युजिक भिडियो, सटमूभि तथा विभिन्न विज्ञापनमा अभिनय गरिसकेकी नमिता खड्कासँग हाम्रा साथी सरोज बस्नेतले गरेको यो छोटो कुराकानीः
image
अहिले के मा ब्यस्त हुनुहुन्छ ?
– म्यूजिक भिडियो लगायतमा ब्यस्त रहेको छ ।

कसरी कलाकारिता क्षेत्रमा आउनु भयो ?
– सानैदेखि कलाकारिता क्षेत्रमा जम्ने लक्ष्य थियो । त्यही कलाकारिताको मोहले मलाई तान्यो । त्यसपछि अभिनयको प्रशिक्षण लिएर यस क्षेत्रमा आएकी हुँ ।

 नेपाली कलाकारिता क्षेत्र कस्तो लागिरहेको छ ?
– राम्रो लाग्छ । कलाकारिता क्षेत्रलाई अझै ब्यवस्थित र मर्यादित बनाउन आवश्यक छ जस्तो लाग्छ ।

कसको प्रेरणाले अघि बढ्ने हौसला मिल्यो ?
सानोमा चलचित्रहरु हेर्दा कलाकारिताको 'भूत' चढ्यो ।  त्यसैले नै केही गरौँ भनेर यो क्षेत्रमा आएकी हुँ । पहिलेबाट नै मेरो एउटा स्थापित कलाकार बन्ने सपना थियो, कलेज पढ्दै गर्दा एउटा गीतमा अफर आयो । त्यसमा मोडलिङ गरेपछि धेरै बाटोहरु खुले र सपोर्टहरु पनि धेरै पाइरहेको छु ।

महिला कलाकारलाई यस क्षेत्रमा अलि गाह्रो छ भन्छन् नि ?
– आफूमा एउटा प्रतिभा छ भने त्यस्तो गाह्रो छैन् । कसैको लहैलहैमा लागेर यस क्षेत्रमा लाग्नु भन्दा अभिनय सिकेर दक्ष भएर आउन आवश्यक छ । सहि गलत छुट्याएर अगाडि बढ्नुपर्छ ।

नेपाली चलचित्रमा अंग प्रर्दशन गरेर चर्चामा आउने होड चलेको छ, तपाई कथाले कतिसम्म माग्यो भने दिन सक्नुहुन्छ ?
–कथाले माग्यो भन्दैमा अङ्ग प्रदर्शन गरेर चर्चामा आउने मेरो रहर छैन । चर्चामा आउनेभन्दा पनि स्थापित कलाकारको रुपमा स्थापित हुने मेरो चाहना छ । त्यसकारण परिवारसँग बसेर हेर्न सक्ने र समाजले पचाउन सक्ने चरित्र मलाई सुहाउँछ ।

समाजले कतिसम्म पचाउँछ जस्तो लाग्छ ?
– युवा पुस्ताले अलि भल्गर नै रुचाउँछन् । तर पुरानो पुस्तालाई पनि त हामीले ध्यान दिनुपर्छ । हाम्रो पनि घरपरिवार हुन्छन्, उनीहरुसँग बसेर हेर्न सक्नुप¥यो ।  मैले अहिलेसम्म भल्गर सिन दिएको छैन । तर छोटा कपडामा भने आएकी छु । नाङ्गिदैमा केहि हुने होईन । कथाले मागे अनुसार त जानुपर्छ तर कत्तिको भन्ने कुरामा भने आफै विचार गर्नुपर्छ ।

सेक्सको विषयमा तपार्इंको धारणा के ?
– सेक्स मानव जीवनमा अति आवश्यक छ । यसो भन्दैमा जहाँ पायो त्यही, जतिबेला मन लाग्यो त्यतिबेला हुने कुरा पनि होइन । यसलाई सामान्य रुपमा लिनु चाहिँ हुँदैन जस्तो लाग्छ ।

बिहे अगाडिको सेक्सलाई कसरी लिनुहुन्छ ?
    – म चाँही बिहे अघिको सेक्सलाई प्राथमिकता दिन्न ।

बिहेको बारेमा के सोच्नु भएको छ ?
– पहिला करियर बनाउने त्यसपछि बिहेका बारेमा सोचौँला नि ।

ब्वाइफेन्ड त होला नि ?
– अहिलेसम्म मैले ब्वाइफेन्ड बनाएको छैन ।

प्रेम प्रस्ताव त धेरै आए होला तर किन ब्वाइफेन्ड नबनाउनु भएको ?
– म अहिले करियर बनाउन केन्द्रित भएका कारण यसप्रति ध्यान दिएको छैन । धेरैले प्रस्ताव राखेँ पनि कसैलाई मनमा सजाएको छैन । म फेमिलीसँग बस्छु । उहाँहरु अलि स्ट्रिक हुनुहुन्छ । बाहिर जाने, घुम्ने पनि त्यति भएन । मलाई त्यस्तो केही भएन, वास्ता पनि भएन ।

तपाईले सेक्सको अनुभव त लिनु भएको होला ?
– छैन ।

भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget