news and more entertainment

पोखराको यौन कर्मी कसरी चिन्ने त ? थाहा पाईराखौ

झमक्क साँझ परिसकेको छ । रत्नपार्कको हरियो माईक्रो लाग्ने  ठाउँमा स्कूल/कलेज पढ्ने उमेरमा ५ जना युवती भेटिन्छन् । ढल्कँदो दिन र अगाडि खस्दै गरेको अध्यारो प्रति वेखवर उनीहरुलाई गन्तव्यमा पुग्न कुनै हतारो छैन । कलेज ड्रेसमै थोरै मदिरापान गर्न भ्याएका उनीहरुको वोल्ड सम्वाद र भड्किलो लवाई हेर्दा उनीहरु पश्चिमा संस्कृतिलाई समेत उछिनेर धेरै अगाडि बढिसकेको अनुमान गर्न गाह्रो पर्दैन ।

एघार/बाह्र पढ्दै गरेका तन्नेरी पुस्ताको ध्याउन्न आजभोली पढाईमा छैन । होस् पनि कसरी आधुनिकताले गाँजेको आजको परिवेशमा कितावमा कहाँ मोज मस्ति मिल्छ र ! मध्यपान, धुम्रपान एवम् त्यो भन्दा उन्नत चिजले दिने नशा कहाँ कितावमा पाईन्छ ? साथीसंगीसँग गफमा हराएर अर्कै दुनियाँमा पुग्नुको आनन्द कुन कितावमा भेटिन्छ र ! त्यसैले आजको पुस्तासँग कितावको ट्रयाजेडी परेको छ । बरु उनीहरुको माया फेसबुक ट्विटरसँग गाँसीएको छ । घण्टौँ च्याटमा भुल्दै साथीहरुसँग नानाभाँती कुरा गर्नु होस् या मन परेको स्टाटस राखेर लाइक कमेन्ट बटुल्नुको असली मजा कितावमा पाउने कुरै भएन ।
त्यसैले आजको पुस्ताको जीवन मोजमस्ती तर्फ बढी ढल्किएको छ । उनीहरु स्वच्छन्द तवरले हिँड्छन्, भड्कीलो खर्च गर्छन् र आफ्नै तालमा रमाउँछन् । उनीहरुले खर्च कहाँबाट जुटाउलान् त, ग्याजेट्मा झुम्न, मदिरामा मस्त हुन र चाहेको कुरामा मनग्य खर्च गर्न ? त्यस्ता युवायुवती निर्धक्क बताउँछन् । कोहीले आमवुवालाई मुर्गा बनाउँछन्  । प्रायः युवतीहरुले मुर्गा व्वोयफ्रेण्ड भेट्टाउँछन् त कतिपय युवतीहरु भड्किलो खर्च धान्न अधबैँसे या गाँठवालासँग यौन सम्बन्ध समेत गाँस्न पुग्छन् । त्यस्तै कतिपय युवकहरु बैदेशिक रोजगारमा गएका श्रीमतीहरुसँग सम्बन्ध विस्तार गर्न पुगेका छन् र आफ्नो खर्च धानेका छन् ।
पैसाको लागि किन त यस्तो क्रियाकलाप ? उनीहरुको सोझो जवाफ हुन्छ, ‘जमाना मोर्डनाइज भैसक्यो’ । यो पोष्टमोर्डन सोसाईटीले भन्छ बाँचुन्जेल जे  जसो गरेर भए पनि मोज गर । यो ट्रेण्डबाट हुर्किएका युवायुवतीको ध्यान अव कसरी कितावमा पुग्छ त ?
प्रत्येक हप्ता गोदावरी र सुन्दरीजलको वुटा चहार्ने, पार्क, क्लवमा, स्विमिङपुलमा रमाउने, फुङ्ङ चुरोटको धुवा उडाउने तथा मदिराको चुस्किमा हराउन पल्किएका आधुनिक युवापुस्ताको मन कसरी कितावमा अडिन्छ ? बसमा हिँड्दा होस् या पार्कमा बस्दा कानमा एअरफोन लगाएर अंग्रेजी गीतमा झुम्ने वा सामाजिक सञ्जालमा साथीसंगीले गरेको कमेन्टमा मख्ख पर्न आजका पुस्ता अभ्यस्त भैसकेको छन् ।
उनीहरुलाई घर–परिवारको डर छैन  न त भविष्य प्रतिको कुनै जिम्वेवारी बोध नै छ । न त समाजले देख्ला र कुरा काट्ला भन्ने कुनै चिन्ता छ । यसरी घर परिवार र समाजको चिन्ता नहुनेमा देशप्रतिको पीडाबोध त हुने कुरै भएन । आफ्नै भविष्यको चिन्ता समेतबाट बेखवर युवायुवतीहरु आज भोली प्रशस्त भेटिन्छन् । उनीहरुलाई त्यती मतलव छ, गोजीमा धेरथो गाँठ होस्, भनेजस्तो गर्लफेण्ड वा व्वोयफ्रेण्ड होस्, बाइक/स्कूटी होस् खल्तीमा भने जस्तो मोवाइल फोन होस् र भनेको बेलामा नशामा झुम्न र मदिरामा रम्न पाइयोस् बस ! यति ।

उनीहरुको अन्य अवाश्यकताको फेहरीस्त त कति छन् कति तर यी सामान्य आवश्यकता हुन् । सुन्दा अट्टाहस गर्न मन लाग्छ  ।
स्कूल स्तरको पढाइ पुरा नहुँदै ४/५ वटा गर्लफ्रेण्ड/व्वोयफ्रेण्ड  फेर्ने नौलो कुरा हुन छाडिसकेको छ । कलेज शुरु हुँदा नहुँदै यौनको स्वाद चाखिसक्नेहरुको पनि कमि छैन आजभोली । त्यसैले उत्तरआधुनिकताको आवरणले यतिवेला नेपाली युवायुवतीहरुलाई पूर्णरुपमा छोपि सकेको छ भन्दा अन्यथा हुँदैन ।
अर्का तर्फ स्मार्ट र सरिफ भनिएका युवतीहरु पनि पाखुरावाल तथा कानमा मुन्द्रा लगाएका युवकहरुलाई व्वोयफ्रेण्ड बनाउन माहिर भइसकेका छन् । किन हुन्छन् ‘सरिप’ केटिका ‘हरिप’ व्वोयफ्रेण्ड ? युवतीहरुको जवाफमा त्यस्ता ‘डन’ व्वोयफ्रेण्ड लिएर हिँडेपछि अरु केटाहरुले आँखा लगाउन हिम्मतै गर्दैनन् । त्यस माथि ग्रुपमा धाक लगाउनु मजानै मेग्लै हुन्छ ।

‘आजको जमानामा पनि सोझो भयो भने त जसले पनि मुखमा घोचो हालिहाल्छन् नी’ उनीहरु अरुलाई आफूजस्तै बन्न अर्ति समेत दिन्छन् ।
स्कूल/कलेजबाट बंक हानेर पार्क घुम्न निस्कँदा सरको लठ्ठि खाएको तितो अनुभव भए पनि सरलाई विभिन्न बाहनामा ‘मुर्गा हान्दा’ भने निकै मजा आउने उनीहरु बताउँछन् । काठमाडौँको आकासिँदो महंगी र व्वोयफ्रेण्डको बाइकमा समेत आफैँले पेट्रोलको जोहो गरिदिनुपर्दा कोही त दोहोरो मारमा पनि परेका छन् जे होस् मजा लुट्न अभ्यस्त छन् आजका आधुनिक पुस्ता ।
४५ मिनेटको कक्षा उनीहरुलाई जेल जस्तो लाग्छ रे । टिचरले पढाउँदा बुढो कहिले निस्केला जस्तो लाग्ने उनीहरुलाई क्लास सकिनाँसाथ भने निकै आनन्द लाग्छ । क्याण्टिनमा बसेर गफिँदै होस् या फेसबुकमा केटाहरुलाई ‘मुर्गा’ हान्दै उनीहरु सवै तिरबाट उतिकै आनन्द लिन खप्पिस भैसकेका छन् ।

टिनएजमा लभ त्यति सक्सेस नहुनेमा उनीहरु ढुक्क छन् । त्यसैले स्कूल कलेज पढ्दा जतिसक्दो मस्ती गर्नुपर्ने उनीहरुको तर्क छ । भड्किलो  जीवनशैली, बढ्दो रहर र चाहना पुरा गर्न बाबुआमाले दिएको पकेटमनीले धान्ने कुरै भएन त्यसैले उनीहरु विभिन्न बाटो हिँड्न बाध्य छन् । केहीले यौनपेसा अंगालेका छन् भने कतिपयले घरमा चोरी समेत गर्ने गरेका छन् । त्यस्तो कार्य गर्ने कतिपय युवायुवतीहरुको गतिविधिहरु साथीभाइले समेत चाल पाएका छन् । तर साथीभाईले थाहा पाएता पनि उनीहरुलाई केही फरक पर्दैन ।

हिजो पनि कुनै युवक वा युवतीहरुबीच प्रेम सम्वन्ध हुन्थ्यो/रहन्थ्यो समाजमा । तर आजको जस्तो खुलम्खुल्ला होइन । प्रेम त सर्मपण हो र एक अर्काप्रतिको विस्वास पनि हो । प्रेम हुँदैन

थ्यो भने सायद संसार चल्नलाई पनि मुस्किल हुन्थ्यो होला । तर प्रेम शव्दको अवमूल्यन गर्दै आजका पुस्ताले तीन शव्दमा सिमित गरिदिएका छन् । यसैको बहानामा युवायुवतीहरु क्रमशः नकरात्मक दिशा तर्फ उन्मुख भैरहेका छन् । प्रेमलाई दिगो बनाउने बहानामा यौनसम्बन्ध स्थापित गर्ने होस् या तयसपछि उत्पन्न हुने अन्यौलताका कारण पेशा नै त्यही बनाउन बाध्य हुनेहरुको कमि छैन समाजमा ।

बढ्दो इन्टरनेट को प्रयोग र सामाजिक सञ्जालको उपयोगका कारण यौनप्रति खुला बन्दैछन् उनीहरु  । इन्टरननेट मार्फत पोर्न फिल्म हेर्ने होस् या त्यसबाट अप्राकृतिक मैथुनको लतबसाएकाहरुले समाजमा गम्भीर घटना घटाउन सक्ने खतरा पनि उत्तिकै छ भने अर्को तर्फ मनोबैज्ञानिक हिसावले पनि उनीहरु बिकृति तर्फ उन्मुख हुन सक्छन् ।

अधिकांश युवायुवतीहरु मोवाईलमा अश्लिल कुराहरु राख्ने वा हेर्ने गर्दछन् । त्यसबाट उनीहरु छिट्टै यौन तर्फ आकर्षित हुने हुँदा समाजमा बलत्कार दुव्र्यवहार, समलिंगी यौन व्यवहार बढेको विज्ञहरु  बताउँछन् ।

अतः त्यसतर्फ सचेत हुँदै आफ्ना बालबच्चाहरु प्रति सचेत हुँदै उनीहरुलाई सम्पूर्ण हिसावले नियन्त्रण गर्ने भन्दा पनि निगरानीमा राख्न अभिभावक ढिला भैसकेका हुन् कि यसमा सवै सचेत हुनुपर्ने भएको छ  ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget