news and more entertainment

प्रधानमन्त्रीको साथमा कट्टु लगाएर उभिने महिला को हुन ?



काठमाडौं, ११ असोज । आफ्नै सहयोगीहरुको अशोभनीय कार्यले प्रधानमन्त्री सुशील कोइरालाको मात्र नभई सम्पूर्ण नेपालीको शिर निहुरिने अवस्था सिर्जना भएको छ ।
अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाकी अवैतानिक सल्लाहकार मृदुला कोइरालाले कुटनीतिक मर्यादा ख्याल नगर्दा नेपालकै बेइज्जती हुने अवस्था सिर्जना भएको हो । अमेरिकी उपविदेशमन्त्री वेन्डी सर्मनसँगको प्रधानमन्त्रीको भेटमा मृदुलाले यो बेइज्जती गरेकी हुन् ।
तस्वीरमा देखिएका यी तीन महिलामध्ये बीचमा अमेरिकी उपविदेशमन्त्री वेन्डी सर्मन छिन् । बाँकी उनका सहयोगी हुन्। संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री कोइरालासँग भेट्न उनीहरु आएका हुन् । तर, यो कुटनीतिक भेटमा प्रधानमन्त्री कोइरालाको पछिल्लतिर सुरक्षाकार्डको छेउमा एकजना महिला सेतो सर्ट र कट्टु (हाफ् पाइन्ट) लगाएर उभिएकी छिन् । न त उनको बसाईं नै मर्यादित छ । दुवै खुट्टालाई कैंची आकार बनाएर उभिएकी यी महिला हुन्, मृदुला कोइराला । सुशील प्रधानमन्त्री बनेपछि हर्ताकर्ता बनेकी मृदुलालाई एक महिना अघि मात्र सुशीलले अवैतानिक सल्लाहकारमा नियुक्त गरेका थिए । तर, उनको अशोभनीय लबाई र बसाईंले कुटनीतिक क्षेत्रमा प्रधानमन्त्री कोइरालाको मात्र होइन्, सबै नेपालीले लज्जित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।
यसो त आफू नजिकबाट प्रधानमन्त्रीको बेइज्जत भएको यो पहिलो होइन् । दुई महिना अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा बिमानस्थलमा स्वागत गर्न पुगेका प्रधानमन्त्री कोइरालाको पटकपटक कोट तानेर संचारमन्त्री डा. मिनेन्द्र रिजालले अपमान गरेका थिए ।

को हुन मृदुला ?

प्रधानमन्त्रीको किचनसम्म पुग्ने हैसियत राख्ने मृदुला नेपाली मुलकी अमेरिकन हुन् ।  उनले अमेरीकाको ग्रिनकार्ड र नागरिकता पनि लिइसकेकी छिन् । यहीकारण प्रधानमन्त्रीले उनलाई अवैतानिक सल्लाहकार मात्रै बनाएका हुन् ।
एकाएक प्रधानमन्त्री कोइरालाको कोटरीमा प्रभावशाली बनेकी मृदुला परिवार भित्रकी सदस्य भने हैनन् । गिरिजाप्रसाद कोइरालाले विशेष स्नेह गर्ने भएकाले गिरिजाको निधनपछि यीनलाई सुशीलले पनि स्नेह गर्न थालेका हुन । कोइराला परिवारसँग यिनको टाढाको नाता पर्छ । सुशीलकी सानी आमाकी देवरकी छोरी पर्छिन्। विराटनगर घर भएकी र त्यही नै माइती भएकी मृदुला घिमिरे परिवारकी छोरी हुन । उनी कवि डा गोविन्द कोइरालाकी पत्नी हुन । उनले अमेरीकाको ग्रिन कार्ड पनि लिइसकेकी छिन् । काँग्रेस विदेश विभागकी सदस्य मृदुला अमेरीकामा रहेका काँग्रेसजनमाझ विवादास्पद पनि छिन् । काँग्रेसको अमेरिकास्थित सम्पर्क समितिको राजनीतिमा उनले ठाडो हस्तक्षेप गर्ने गरेको आरोप लाग्दै आएको छ । मृदुलाकै कारण प्रधानमन्त्री सरुवा, बढुवामा समेत बदनामी कमाउन थालेका छन् ।

अरु पनि बेइज्जती गर्ने
मृदुला कोइरालामात्रै होइन्, अरु पनि काँग्रेसजन छन्, जसले प्रधानमन्त्रीको सोझोपनको फाइदा उठाउँदै उनको अपमान गरिरहेका छन् । तस्वीरमा तल देखिएका दुईवटा फोटो आफै बोल्छन् । पहिलो फोटोमा प्रधानमन्त्री शरीर कन्याइरहेको देखिन्छ । त्यही बेला फोटो खिचेर फेसबुकमा हाल्ने यिनीहरुलाई निकै हतार भएको देखिन्छ । तर, यो फोटोले देशका कार्यकारी प्रमुखको ओझ बढ्यो कि घट्यो ?
अर्को पनि फोटो छ । जहाँ प्रधानमन्त्री तौलिया र थोत्रो गन्जीमा देखिन्छन् । प्रधानमन्त्री निकट देखाउन चाहनेले यिनीले बेडरुममै गएर यस्तो फोटो खिचेर फेसबुकमा राख्न भ्याएछन् । अमेरिकामा रहेका नेपालीहरु भन्छन्, सोझो हुनु नि दुर्भाग्य हुँदोरहेछ, अहिले केही मानिसहरुले प्रधानमन्त्रीको सोझोपनको फाइदा उठाउँदै मजाक बनाइरहेका छन् । जसले प्रधानमन्त्रीको होइन्, सम्पूर्ण नेपालीकै शिर निहुरिएको छ ।

via - dainiknepal

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget