news and more entertainment

शिल्पा पोखरेलले हुन्छ भने बिहे गर्ने सोचाई छ : छविराज ओझा

लज्जा’ डेब्यू हिरोइन शिल्पा पोख्रेललाई उनी मनैदेखि माया गर्छन् । सायद, यसैले शिल्पाले हुन्छ भने बिहे गर्ने सोचाई उनको छ । रजतपट नामक टेलिभिजन कार्यक्रममा कुरा गर्दै छविले आफूलाई साथी चाहिएकाले शिल्पाले हुन्छ भने आफू हाम फालेरै जाने खुलाएका छन् । 'शिल्पा जस्तो राम्रो केटीले प्रपोज गरे 'ओके' भनिहाल्छु नि !', छबिले भने ।

शिल्पा पोखरेल भने छविसँग तत्काल बिहे गर्ने सोचाइमा छैनन् । छबिसँग जीवनभर राम्रो साथी बनेर अगाडि बढ्ने बताउँदै शिल्पा भन्छिन्, 'मैले यो बारेमा सोच्नै पर्छ । उहाँले कुर्न सक्नु हुन्छ या हुन्न त्यो उहाँको कुरा हो ।' बिहे गरेको खण्डमा आफूलाई छविले खुबै माया गर्छन् भन्ने शिल्पालाई थाहा छ ।

छविको नजरमा अहिलेकी नम्बर १ नायिका शिल्पा नै हुन् । उनले रेखा थापा भन्दा पनि शिल्पालाई नै नम्बर १ भनेका छन् । उनी भन्छन्, 'मेरो नजरमा अहिलेको नम्बर वान अभिनेत्री शिल्पा नै हो ।'



नवल नेपालले निर्देशन गरेको फिल्म ‘लज्जा’ कात्तिक ७ गतेबाट प्रदर्शनमा आउँदैछ । यसैले पनि छविले फिल्म चलाउन शिल्पासँग बिहेको चर्चा रोजेको हुनसक्छ । उनले ‘हवल्दार सुन्तली’ पछि शिल्पालाई लिएर ‘लंका २’ बनाउने तयारी समेत थालेका छन् । 
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget