news and more entertainment

ट्युनकै कारण झन्डै श्रीमतीसँग डिभोर्स गरेनन् गायक स्वरुपराजले

काठमाडौं –sworuprajगायक स्वरुपराज आचार्यले आफुले क्रिएसन गरेको ट्युनकै कारण श्रीमतीसँग झन्डै डिभोर्स गरेको खुलासा गरेका छन् । दुई वर्षअगाडि आफ्नो एल्वमको शीर्ष गीत मनमोहिनीका लागि एउटा ट्युन आफ्नो श्रीमतीको मोवाइलमा रेकर्ड गरेको र श्रीमतीले उक्त मोवाइल नै चेन्ज गरेर ट्युन हराइदिएपछि श्रीमतीसँग बढेको कटुता डिभोर्स गर्नेसम्मको स्थितीमा पुगेको बताएका छन् । उनले पछि त्यो ट्युन ससुराको मोवाइलमा भेटिएपछि सम्बन्ध सहज बनेको बताए ।   आफ्नो क्रिएसनलाई आफुले निकै माया गर्ने र त्यसका लागि कसैसँग आफुले सम्झौता नगर्ने बानी आफुमा भएकाले जस्तोसुकै कठोर निर्णय लिन पनि आफु तयार हुने उनले बताए । ‘मेरो लागि यो ट्युन निकै नै महत्वपुर्ण थियो,यही ट्युनका कारण झन्डै डिभोर्स भएको थियो । यस्तो हुनु स्वभाविक पनि हुने थियो । किनकी म क्रिएसनका लागि कसैसँग सम्झौता गर्दिन’ नयाँ पत्रिका दैनिकसँग कुराकानी गर्दै गायक आचार्यले भनेका छन् । ‘मेरो मोवाइलमा स्टोरेज नभएकाले मैले दुई वर्षअगाडि श्रीमतीको फोनमा एल्बमको शीर्ष गीत मनमोहिनीको ट्युन रेकर्ड गरेको थिएँ । त्यो दिन बिहान मेरो मनमा नयाँ–नयाँ ट्युन उत्पन्न गरेको थियो । तर मोवाइलमा भरेको यो ट्युनबारे केही समयपछि विर्सिए । केही समयपछि झल्यास्स त्यो विहानको सम्झना ताजा भएर आयो । श्रीमतीलाई भनँे,‘खै, त्यो ट्युन कहाँ छ ?’ तर यसबीचमा उनले मोवाइल चेन्ज गरिसकेकी थिइन्’  त्यसपछि श्रीमतीसँग आफ्नो सम्बन्ध विग्रिएको उल्लेख गर्दै उनले भनेका छन् । - See more at: http://www.ratopati.com/2014/09/27/170377.html#sthash.pOg59jak.HAOzZBO6.dpuf भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget