news and more entertainment

यौन र इन्टरनेट वेश्यावृत्ति

२०७१ आश्विन ११गते
जर्मनीको बर्लिनमा यौनकर्मी खोज्न सजिलो छ। पेपर भन्ने एप्सले यस कामलाई सहज पारिदिएको छ। यसले यौनकर्मीको सूची, तस्बिर, मूल्य र शारीरिक बनोट आदि विवरण तुरुन्त उपलब्ध गराउँछ।

जर्मनीमा वेश्यावृत्ति र वेश्यावृत्तिको विज्ञापन वैधानिक छन्। त्यसैले यस्ता एप्सले खुल्लमखुल्ला सेवा दिन सक्ने भएका हुन्। तर, वेश्यावृत्ति र त्यसको विज्ञापन अवैधानिक भएका स्थानमा पनि इन्टरनेटले यौन व्यवसायको रूपान्तरण गरिसकेको छ।
अहिले यौन व्यवसायलाई सहयोग गर्ने गरी विशेष प्रकारका वेबसाइट र एप्स यौनकर्मी र ग्राहकबीच सूचना आदानप्रदान गराउन सहयोगी भएका छन्। यौन व्यापार सहज र सुरक्षित बन्दै गएको छ। यौनकर्मीहरूले ग्राहकका स्वभाव र पृष्ठभूमिजस्ता विषय पनि थाहा पाउन सक्ने भएका छन्। यौनकर्मीका व्यक्तिगत वेबपेजले उनीहरूलाई आफ्ना विज्ञापन गर्न र अनलाइन मिटिङ गर्न, सेवापछि ग्राहकबाट प्रतिक्रिया लिन सजिलो भएको छ।

नेभेदाबाहेक अन्य स्थानमा वेश्यावृत्ति गर्न र त्यस्तो सेवालाई उपलब्ध गराउन प्रतिबन्ध रहेको अमेरिकासहितका देशहरूको यौन व्यापारको मार्केटिङ र चाँजोपाँजो मिलाउने काम अनलाइनतर्फ जाँदै छ। त्यस्तो सेवा प्रतिबन्धित भएका देशहरूमा बेवका सर्भरहरू विदेशमा राखिएका छन्, साइटका मालिक र त्यसका प्रयोगकर्ताले छद्म नाम प्रयोग गर्छन्। कानुनको दायराभित्र पर्नका लागि साइटको उद्देश्यमा 'मनोरञ्जन' वा त्यस्तै कुनै काल्पनिक कुरा उल्लेख गरिएको हुन्छ।

अनलाइनमार्फत यौन व्यवसाय हुन थालेपछि सडकमा ग्राहक खोज्दै हिँड्ने यौनकर्मी घटेका छन्। जर्ज वासिङ्टन विश्वविद्यालयका समाजशास्त्री रोनाल्ड वेइटजरले अमेरिकामा सडकमा ग्राहक खोज्दै हिँड्ने यौनकर्मी १० देखि २० प्रतिशत भएको अनुमान गरेका छन्।

एडल्टवर्कजस्तो वेबसाइटले स्वतन्त्र र एजेन्सी तथा वेश्यालयमार्फत सेवा दिँदै आएका यौनकर्मीलाई आफ्नो प्रोफाइल बनाउन दिन्छ। उनीहरूले त्यसमा आफ्नाबारे विस्तृत विवरण राख्न सक्छन्। ग्राहकले पनि उमेर, उनीहरूको शरीरको आकार, जाति, यौनको बुझाइ आदि राखेर आफूले चाहेको जस्तो यौनकर्मी छान्न पाउँछ।


बढेन बजार मूल्य
पछिल्लो पटक १२ देशका ८४ वटा शहरमा सेक्स र इन्टरनेटबारे अध्ययन गरिएको थियो। त्यसमा धेरै अमेरिकी र बाँकी अन्य धनी देशका शहर रहेका छन्। अध्ययन गरिएका अधिकांश वेबसाइट महिला यौनकर्मीबारे हुने गरेका छन्। पाँच यौनकर्मीमध्ये एक जना पुरुष हुने गरे पनि यसमा समावेश गरिएको छैन। अधिकांश मूल्यांकनकर्ता भने पुरुष हुन्।

अध्ययनको सबैभन्दा महत्वपूर्ण विश्लेषण भनेको पछिल्लो वर्षहरूमा वेश्यावृत्तिको सेवाको मूल्य घटेको छ। यस्तो हुनुमा एउटा महत्वपूर्ण कारण सन् २००७–२००८ को वित्तीय संकट हो। यसले वेश्यालयहरूलाई पनि नराम्ररी प्रभावित गरेको छ। अध्ययनका क्रममा भेटिएकी दक्षिणी इंग्ल्यान्डकी पार्टटाइम यौनकर्मी भनेस्साले फोनको घण्टी नबजेको लामो समय भएको बताइन्।

'पुरुषका लागि यौनमा पैसा खर्च गर्नु विलासी विषय बनेको छ,' उनले भनिन्, 'अन्य महत्वपूर्ण काममा गरिने खर्चमा कटौती गरेर उनीहरूले यौनमा खर्च गर्ने गरेका छन्।' इन्टरनेटको विज्ञापनमा सेवामा छुटको प्रस्तावले ग्राहकलाई तान्न नसकेको उनले बताइन्। रोजगारी धेरै गुमाएको शहरमा यसको प्रस्टै संकेत देखिन्छ। अमेरिकाको ओहायोस्थित क्लिभल्यान्डमा सन् २०१० मा बेरोजगारको संख्या १२ प्रतिशत पुग्यो। त्यहाँ यौनकर्मीको मूल्य स्वाट्टै घट्यो। तर, मूल्य घट्नुको कारण योमात्रै थिएन।

मूल्य घट्नुको अर्को कारण ठूलो संख्यामा मानिसको बसाइँ सराइ हो। ठूला र धनी शहरले यौनकर्मीसहित सबै प्रोफेसनका मानिसलाई तान्ने गरेको छ। लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका निक माईले बेलायतमा विदेशी यौनकर्मीबारे गरेको अध्ययनमा त्यहीँ बसोबास गर्न थालेपछि जीवनयापनका लागि यौनकर्मीले आफ्नो मूल्य बढाउने प्रवृत्ति देखिएको बताए। साथै, उनले आप्रवासीले यौनसेवाका लागि मूल्य घटाउने गरेको पनि बताए।

युरोपेली संघले पूर्वी युरोपका गरिब देशका सबै क्षेत्रका कामदार नजिकका धनी देशमा ओइरिन थालेको जनाएको छ। लेप्जिङ विश्वविद्यालयकी रेबेका पटेसका अनुसार गरिब आप्रवासीको आगमनका कारण जर्मनीमा सबैप्रकारको कामको मूल्य घट्यो।
लन्डनमा यौन व्यवसाय चलाउँदै आएकी सेलीले पूर्वी युरोपका महिलाले धेरैले कम मूल्यमा सेवा दिन तयार भएकाले इंग्लिस युवतीले काम पाउन संघर्ष गर्नुपरेको बताइन्। '२० वर्षअघि नर्वेमा अधिकांश यौनकर्मी स्थानीय थिए। उनीहरू सबैको उद्देश्य एकै प्रकारको मूल्य कामय राख्ने हुन्थ्यो,' ओस्लो विश्वविद्यालयका माय लेन स्किब्रेलीले भने, 'बाल्टिक तथा मध्य युरोपका साथसाथै नाइजेरिया र थाइल्यान्डसम्मका यौनकर्मीको संख्या बढेको छ। त्यसले अनौपचारिक रूपमा गरिएको एउटै मूल्य कायम राख्ने प्रयासलाई जोगाउन कठिन बनाएको छ।'

मूल्य कम हुनुको अर्को कारण वेश्यावृत्तिमा नयाँ आउनेले पनि आफ्नो कम मूल्य तोक्ने गर्छन्। अमेरिकी यौनकर्मी, सेवा प्रदायन युनियनकी संस्थापक माक्सिने डूगनले नेभेदाको वेश्यालयमा धेरै वर्षदेखि वेश्यावृत्ति गर्दै आएकी एक महिलाले आफ्नो मूल्य कसरी तोक्ने भनेर सिकाएको बताइन्। त्यसअघि उनले पनि कमै मूल्यमा सेवा दिने गरेकी थिइन्। ती वृद्ध महिलाले स्ट्यान्डर्ड वा अतिरिक्त मान्ने र त्यसको मूल्य कति लिने सिकाइन्। सन् १९९८ मा डूगान यो पेशामा आउँदा स्ट्यान्ड सेवा (भेगिनाल सेक्स र फेलाटिनो)को प्रति घण्टा २ सय अमेरिकी डलर लिन्थिन्। जसको मूल्य अहिले ३ सय ९५ अमेरिकी डलर बराबर हुन्छ। 'तर अहिले यो पेशामा आउनेहरू पनि प्रतिघण्टा २ सय अमेरिकी डलरमै गरिरहेका छन्,' उनले भनिन्, 'उनीहरूले कण्डमबिनाको मुख मैथुनजस्तो जोखिमपूर्ण सेवा दिँदा पनि थप रकम लिएको पाइँदैन।'

यौन व्यवसायको अनलाइनमा सिफ्ट हुँदा थप महिला यौन व्यवसायमा आएका छन्। अनलाइन एक प्रकारले यौनकर्मीको आपूर्ति बनेको छ। राम्रो वैवाहिक जीवन बिताउन र राम्रो रोजगारी प्राप्त गर्ने सम्भावना भएका धेरै आकर्षक, पढेलेखेका महिला पनि अनलाइनबाट कारोबार गर्न थालेका छन्।

सडकछापभन्दा बन्द कोठाको यौन धन्दा बढी सुरक्षित हुने गरेको छ। त्यसमा पक्राउपर्ने सम्भावना कम हुन्छ। वेश्यालयभन्दा भाडाको फ्ल्याट वा होटलको कोठा कुन कम शंकास्पद हुन्छ। परिचय लुकाउन सकिन्छ त्यसैले अपमानको त्रास पनि कम हुन्छ। ग्राहकसम्म पुग्नका लागि अनलाइनमा छुट्टै प्रोफाइल बनाउन सकिन्छ। त्यसैले पनि यस पेशातिर धेरै आकर्षित भएका छन्।
सामाजिक सोचमा आएको व्यापाक परिवर्र्तनले पनि यौन सेवाको मूल्य घटाएको छ। विगतमा भन्दा अहिले, कुनै प्रकारको प्रगाढ सम्बन्धबिनाका निःशुल्क यौनसम्बन्ध भेटाउन पहिलेभन्दा सहज बनेको छ। टिन्डेर जस्तो एप्स, एल्से म्याडिसन, एमजी इलिटिक इन्काउन्टर, एल्टलरोस वान्सजस्ता वेबसाइटले मानिसलाई एकअर्कासँग छिटो भेट गराएर समागमको अवसर जुटाइदिने गरेको छ। विवाहेतर सम्बन्धमा स्वीकार्य बढ्दै गएको र सहज सम्बन्ध–विच्छेदजस्ता विषयले आफ्नो प्रेमिका वा पत्नीसँग निराश हुँदै यौनकर्मीको मुख ताक्ने पुरुषको संख्या घटेको छ।


कसरी हुन्छ मूल्य निर्धारण?

द इकनोमिस्टको विश्लेषणअनुसार शारीरिक बनोट र सेेवाको प्रकृतिअनुसार यौनकर्मीले प्रतिघण्टाको दरले मूल्य पाउने गरेको देखिन्छ। कुनै निश्चित प्रकृतिको सेवा खोज्ने ग्राहकले थप रकम बुझाउनुपर्ने हुन्छ। गुद्दार मैथुन गराउन वा स्पानकिङ (काँचमा हातले हिर्काएर दुखाउने)सेेवा दिने यौनकर्मीले प्रतिघण्टा २५ र ५० डलर बढी पाउँछन्। एकै पटक दुई जना ग्राहकलाई स्वीकार्नेको मूल्य चर्को हुन्छ।

वेश्यावृत्तिमा शारीरिक अवस्थाले ठूलो भूमिका खेल्छ। यौनकर्मीसँग छुटिएर आएका ग्राहकको वेबसाइटमा आएको धारणालाई विश्लेषण गर्दा उनीहरूले पश्चिमाले निर्धारण गरेको सुन्दरको परिभाषालाई नैै महत्व दिएको देखिन्छ। स्लिम तर दुब्ली होइन, सुनकेस्रा लामो कपाल वा ठूला स्तन भएका यौनकर्मीलाई ग्राहकले बढी मूल्य तिर्छन्।

स्थान विशेष हेरेर कुनै निश्चित जातिका यौनकर्मीको मूल्य थपघट हुने गरेको छ। वासिंगटन डिसीस्थित अमेरिकन विश्वविद्यालयका क्रिस्टिने चिनले धेरै वटा देशमा महँगा यौनकर्र्मीबारे अध्ययन गरेकी छिन्। उनले क्वालालम्पुरमा काली महिलाले बढी रकम पाउने गरेको भेटिन् भने सिंगापुरमा भियतनामीले। दुबईमा युरोपेली महिलालाई जति पनि तिर्न ग्राहक तयार हुन्छन्। फरक–फरक स्थानमा धेरै विषयको आधारमा मूल्य निर्धारण हुन्छ।

द इकोनोमिस्टको विश्लेषणअनुसार टोकियो कलगर्लले न्युयोर्क वा लन्डनमा राम्रो कमाउँछन्। लन्डन र न्युयोर्कभन्दा टोकियोको लिभिङ कस्ट महँगो छ। अंग्रेजी भाषाको वेबसाइटमा रिभ्यूमा आउने अधिकांश कलगर्ल विदेशीलाई सेवा दिने हुन्छन्। स्थानीय जापानीलाई सेवा दिँदा लिने मूल्यभन्दा बढी महँगो उनीहरूले विदेशीबाट लिन्छन्। त्यसमा टोकियाको रेडलाइट क्षेत्रमा बबल बाथ र उच्चस्तरीय मसाज 'सुपरान्दो' हुन्छ। विज्ञापान नगरिए पनि यौन सम्बन्ध त्यसमा समावेश हुन्छ। एउटा सेसनको ६ सय अमेरिकी डलर पर्छ।

अन्य रोजगारी बजारजस्तै यौन उद्योगमा पनि धेरै पढेकाले बढी रोजगार पाउँछन्। बेलोर विश्वविद्यालयका स्कट कुन्निङघाम र परामर्शदाता संस्था कमपास लेक्सेकानका टोड केन्डालले गरेको अध्ययनले स्नातक गरेकी महिलाले नगरेकीले भन्दा ३१ प्रतिशत बढी कमाउने गरेको देखाएको छ। त्यस्ता यौनकर्मीले अन्यले भन्दा कम समयमा दिन्छन् र अरूले निर्धारण गरेको समयमा नभई आफूले चाहेको समयमा सेवा दिने गर्छन्। किनभने, उनीहरूले वेश्यावृत्तिलाई 'साइट बिजनेस'का रूपमा लिन्छन्। तर, जब उनीहरू काममा आउँछन् धेरै ग्राहकसँग नभई लामो समयसम्म रहने ग्राहक खोज्छन्। त्यसैले उनीहरूको भागमा छोटो समय बिताउनेभन्दा लामो समयसम्म रहने पाको उमेरका ग्राहक बढी पर्छन्।

इन्टरनेटको प्रयोग


वेश्यालय र मसाज पार्लरले इन्टरनेटको प्रयोग कति गर्छन्? भन्ने विषय स्थानीय कानुनमा निर्भर हुन्छ। अमेरिकी कानुनले त्यसलाई वर्जित गरेको छ। त्यसैले अनलाइन र अफलाइन दुवैलाई लो प्रोफाइलमा राख्छन्। बेलायतमा वेश्यालय प्रतिबन्धित छ तर यौन व्यवसाय प्रतिबन्धित छैन। मसाज पार्लरले आफ्नो कामदारको मूल्य राख्छन् तर सेवा भने के–के दिने हो भनेर बताउन चाहँदैनन्। यौन व्यवसायका लागि स्वर्ग बनेको जर्मनीमा वेबसाइटले भने सेवाबारे स्पष्ट र जानकारीले भरिपूर्ण सामग्री राख्ने गरेको छ।

तर, स्वतन्त्र रूपमा व्यवसाय चलाउँदै आएका यौनकर्मीका लागि भने इन्टरनेटले ठूलो भिन्नता ल्याएको छ। रिभ्यू साइटको माध्यमबाट अमेरिकी शहरका धेरै यौनकर्मीलाई पछ्याइरहेका वकुन्निघाम एक दशकभित्र सन् २००८ आइपुग्दा अनलाइन विज्ञापन र कारोबारमा निकै विस्तार भएकौ बताउँछन्।

वेश्यावृत्तिका लागि इन्टरनेटले धेरै कार्यक्षेत्रको काम गर्छ। 'यसले कोठा भत्काउने र हल बनाउने काम गर्छ,' प्लेइङ द होरः द वर्क अफ सेक्स वर्ककी लेखिका मेलिसा गिरा ग्रान्डले भनिन्। इन्टरनेटमा चलाएको फोरममा यौनकर्मीहरू यौन धन्दाको क्रममा आउने समस्याबारे छलफल गर्छन्।

छोटो समयमा हुने बुकिङ र सन्तानका लागि व्यवस्था मिलाउन गाह्रो भएपछि स्कटल्यान्डकी एक आमाले सोधिन्– 'यौन व्यापार र सन्तानको हेरचाह एकै पटक यौनकर्मीले कसरी गर्ने?' बच्चा जन्माउन चाहने अर्की महिलाले बच्चा जन्माउनुअघि कति जति बचत आवश्यक हुन्छ? सन्तान जन्माएपछि कम पैसा प्राप्त गरिने वा गरिदैन? सोधेकी थिइन्। त्यस प्रश्नमा अर्काको जबाफ यस्तो थियो– 'अन्य जागिरभन्दा वेश्यावृत्तिमा संलग्न आमाले सन्तानलाई बढी समय दिनसक्ने, खर्च गर्न सक्ने हुन्छे। बालबालिका हुर्काउन खर्च गर्न पर्याप्त पैसा हुन्छ। स्कुलको बिदा, नाटक तथा खेलकुदको दिन, बालबालिका बिरामी भएको समयमा पर्याप्त समय दिन पाइन्छ।'

यौन व्यवसायमा आउनबारे सोचिरहेका महिलाहरूले पाकासँग अनलाइनबाट सल्लाह गर्छन्। वर्षमा १ लाख ५ हजार डलर कमाउने मेलानी ऋण तिर्नका लागि यौन व्यापारमा आउन चाहन्छिन्। कुन एजेन्सी प्रयोग गर्दा राम्रो हुन्छ र बढी रकम कसरी प्राप्त गर्न सकिन्छ? तर उनलाई यौन व्यवसायले भविष्यमा पार्न सक्ने प्रभावबारे उनी चिन्तित छिन्। अनुभवीहरूले दिएको सल्लाह–'एजेन्सीभन्दा स्वतन्त्र ढंगले काम गर। गोप्यता कायम राख्न सहज हुन्छ।' भीडभाड भएको बजारमा चिनेका धेरै हुन सक्छन् भन्ने चेतावनी पनि दिएका छन्। दोहोरो जिन्दगीमा बाँच्नु पर्दाको तनावबारे सचेत गराएका छन् भने बाहिर सोचेजस्तो यो पेशामा पैसा कमाउन सहज नभएको जानकारी पनि पाकाले दिएका छन्।

यस्तो छलफलमा भाग लिने अधिकांशको अर्को जागिर पनि हुन्छ। अधिकांशका लागि यो काम पार्ट टाइम हो। साराले पार्टटाइम यौनकर्मीको कामकै कारण छोरीलाई डान्स र म्युजिक क्लासमा राख्न सकेको बताइन्। उनको देखावटी कामबाट त्यति खर्च धान्न नसक्ने अवस्था थियो।

पार्टटाइम यौन व्यवसायमा संलग्न केही महिलाका पति र प्रेमीलाई आफ्ना पत्नी र प्रेमिका के काम गर्छन् भनेर थाहा हुन्छ। कतिपयको पति वा प्रेमीले नै उनीहरूको म्यानेजर, ड्राइभर र सेक्युरिटीको समेत काम गर्छन्। धेरै महिला भने आफूले के गर्दैछु भनेर आफू अति नजिकका मानिससँग पनि लुकाउने गर्छन्।

अनलाइनबाट विज्ञापन र बुकिङले यौनकर्मीलाई कहाँ काम गर्ने भनेर लचकता प्रदान गर्छ। उनीहरूले आफ्नो होम पेज वा यौनकर्मीका लागि तयार पारेको वेबपेजको मद्दतले भ्रमणमा जान सक्छन्। कुन समयमा कहिले कुनै क्षेत्रमा आफू उपलब्ध हुने भनेर त्यसमा राख्न सक्छन्।

फ्रिलान्सर, पार्ट टाइमर र टेम्प्रोररी वर्करलाई तत्काल माग भएको स्थानमा आपूर्ति गर्न इन्टरनेटले सहयोग गर्छ। सन् २००८ मा रिपब्लिकन र डेमोक्रयाटको राष्ट्रिय सम्मेलन मिन्नेपोलिस र डेनेभरमा भयो। दुवै शहरमा करिब ५० हजार मानिस भेला भएका थिए। कुन्निघाम र केन्डलाले गरेको अध्ययन अनुसार अघिल्लो वर्षको तुलनामा त्यस क्षेत्रमा ४१ र ७४ प्रतिशतले बढी भएको भेटिएको थियो।

स्वास्थ्य र सुरक्षा
यौनकर्मी बलात्कार, हिंसा र अन्य संक्रमित रोगको गम्भीर जोखिममा हुने गरेका छन्। अन्य उद्योगजस्तै इन्टरनेटले उनीहरूको जीवनलाई सहज पारेको छ। अनलाइन फोरमले यौनकर्मीलाई कसरी सुरक्षित बन्न सकिन्छ भनेर टिप्स आदान–प्रदान गर्ने गराएको छ। जसले महिलालाई जोखिमको मूल्याकंन गर्न सहज बनाएको छ। रुम सर्भिस २००० जस्ता अमेरिकी वेबसाइटमा आबद्ध रहेका यौनकर्मीको पृष्ठभूमि बुझ्नका लागि ग्राहकलले शुल्क बुझाउनुपर्ने हुन्छ। साँचैका ग्राहक हुन की होइन भनेर जाँच्नका लागि फोन नम्बर वा क्रेडिट कार्ड नम्बर हालेपछिमात्रै यौनकर्मीको पृष्ठभूमि जाँच्न पाउँछन्।

यस्ता साइट कानुनले प्रतिबन्धित गरेको विषयभित्र पर्ने भएकाले पूरै कानुनको उल्लंघन हुन्छ कि भनेर ध्यान दिनुपर्ने हुन्छ। जुनमा मात्रै एफबीआईले माई रेडबुक बन्द गर्यों। त्यसमा यौनकर्मीसँग च्याटसँगै विज्ञापन समीक्षा गर्ने अवसर प्रदान गर्ने गरिन्थ्यो। त्यसमा मालिकविरुद्ध मुद्रा निर्मलीकरण र वेश्यावृत्तिलाई सहयोग गरेको अभियोग लगाएको छ। अमेरिकी प्रहरीले कहिलेकाहीँ यौनकर्मीलाई पक्रनका लागि यस्ता साइटको जाल बिछ्याउने गरेका छन्। त्यसैले यौनकर्मीले न त्यस प्रकारको अप्ठ्यारोबाट आफूलाई जोगाउन साँचैको ग्राहक हो भनेर प्रमाणित गर्ने विभिन्न कार्य गर्दछन्। तर, त्यसले उत्पन्न गर्ने अनावश्यक समस्यालाई पार लगाउनु प्रमुख विषय हो। 'बलात्कारी, चोर, अपहरणकारीको स्त्रि्कनिङ गरे जत्तिको प्राथमिकतामा प्रहरीलाई पनि अहिले राख्न थालिएको छ,' डूगानले भनिन्।

बेलायतमा अग्ली मग्स र अमेरिकी द नेसनल ब्ल्याकलिस्टलले 'डेथविट रजिर्स्टी'ले दुर्व्यवहारी र पैसा नतिर्ने ग्राहकबारे सूची नै जारी गरेका छन्। जसमा यौनकर्मी गएर ग्राहकबारे जानकारी लिन सक्छन्। यौनकर्मीले बुकिङ गरिएको ग्राहकको नाम, टेलिफोन नम्बर, इमेल वा अनलाइनका अन्य नामको माध्यमबाट जाँच गर्न सक्छन्। यौनकर्मीलाई लक्षित गरी तयार पारेको नभए पनि हेल्थभानाजस्तो एप्सले क्रेता र विक्रेता दुवैलाई यौन स्वास्थ्य परीक्षणबारे प्रमाणीकरण गर्न आदान–प्रदान सहज बनाउने गरेको छ।
अनलाइनमा जानुको अर्थ यौनकर्मीलाई वेश्यालय र एजेन्सी, पिम्प वा म्याडमजस्तो बिचौलियाबाट बचाउनु हो। यिनीहरूविना नै व्यापार हुने र ठाउँ पाउने देखिएको छ। कुनै व्यक्तिले एकै व्यवसाय चलाउन सक्ने भएको छ। 'यसको अर्थ थप स्वतन्त्रता हो,' अमेरिका र बेलायतमा सेवा दिँदै आएकी एनाले भनिन्। 'यसको अर्थ बजारीकरणका लागि थप समय, प्रयास र विज्ञता आवश्यक पर्छ। राम्रो वेबसाइट, धेरै राम्रो–राम्रो फोटो, सर्च इन्जिनको अधिकतम उपयोगबारे जान्न आवश्यक छ। यसका लागि निकै समय खान्छ,' उनले भनिन्।

अन्य भने अझै पनि बुकिङ र सोसल मिडियाका लागि म्यानेजर वा सहयोगी होस् भन्ने कुरालाई प्राथमिकता दिन्छन्। 'आजकाल तपार्इंलाई मानिसले ट्वीटर, फेसबुक, आफ्नो वेबसाइट र इमेलबाट सम्पर्क गर्नसक्छन्,' डूगानले भनिन्। इरोस डट कमले यौनकर्मीले आफ्नो ग्राहकलाई अहिले कहाँ उपलब्ध हुनसक्छु भनेर स्थान दिने गरेको छ। यसका लागि एक वा दुई घण्टा अनलाइन हुन आवश्यक छ। अनलाइन विज्ञापन त्यति सस्तो पनि छैन। डूगनले प्रिन्टमा विज्ञापन गर्न आफ्नो कमाइ खर्च गर्थिन् तर अनलाइनमा त्यसभन्दा धेरै खर्च गर्नु पर्छ किनभने अनलाइनमा धेरैसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। तर, प्रतिफल भने कम हुने गरेको छ। सम्भावित ग्राहकको जाँचबुझमै धेरै समय जाने गरेको छ।

यसैबीच वेश्यावृत्तिको परम्परागत ढाँचा आफूलाई बचाइ राख्न संघर्षमा गरिरहेका छन्। सन् २०१० सम्म एक दशकमा निदरल्यान्ड्समा आधाभन्दा बढी लाइसेन्सवाला सेक्स क्लब बन्द भएको डच अनुसन्धान सञ्जाल प्लेटफर्म ३१ ले गरेको अनुसन्धानले देखाएको छ। यौन व्यापारको विज्ञापन अनलाइनमा सुरु भएको कारण यस्तो भएको मानिएको छ। धेरै यौनकर्मी क्लब वा एजेन्सीका लागि काम गर्नुका साटो आफ्नो निजी स्थानमा काम गर्ने गरेको अनुसन्धानकर्ताले बताएका छन्। डचका नगरपालिकाले यस्तो काममा रोक लगाए पनि अनलाइनबाट ग्राहक खोज्न गरेकाले त्यसलाई कार्यान्वयन गर्न कठिन छ।
यो सिफ्टले व्यावहारिक र नैतिक कारण यौन उद्योगमा नियन्त्रण वा नियमन गर्न खोज्ने सबै सरकारका लागि कठिनाइ उत्पन्न गराएको छ। वेश्यालय, क्लब, बारमा डिल गर्नेको भन्दा अनलाइन डिल गर्नेहरूले आफूलाई राम्रोसँग लुकाउन र गतिशील बनाउने सक्ने जर्ज वासिङटन विश्वविद्यालयका प्राध्यापक वेइटजेरको धारणा छ। आयरल्यान्ड्सले सन् १९९४ यता यौन सेवाको विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ। तर, त्यसको उल्लंघनभन्दा अन्य केही भएको छैन भन्ने बेलफेस्टस्थित क्विन्स विश्वविद्यालयका समजशास्त्री ग्राहम इलिसोन बताउँछन् । शुक्रबारबाट

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget