news and more entertainment

फिल्म खेल्नकै लागी निर्देशकसँग महिमाको लसपस रहेको खुलासा

काठमाडौं । महिमा सिलवाल अभिनित एउटा फिल्म हिट भएको छैन तर पनि उनलाई भ्याइनभ्याई छ। 
पाँच फ्लप फिल्मकी नायिका महिमाको चौध फिल्म रिलिजको पर्खाइमा छन्। तर उनी महिनौ जसो नयाँ-नयाँ फिल्ममा अभिनय गरिरहेकी हुन्छिन्। यसरी भटाभट फिल्म खेलेपछि उनको बारेमा अनेक थरी हल्ला सुनिन्छ। खास कुरा के हो ? उनी आफैं जानुन्। तर एउटै निर्देशकले लगातार चार फिल्म खेलाएपछि भने विभिन्न शंका उत्पन्न भएको छ। महिमालाई त्यसरी काखी च्याप्ने निर्देशक हुन्, ऋषि न्यौपाने।

‘खतरनाक’, ‘कमिना’ र ‘झमेला’पछि ऋषिले आफ्नो नयाँ फिल्म ‘बादशाह’मा पनि महिमालाई नै अभिनय गराइरहेका छन्। जबकी अघिल्ला तीनै फिल्म रिलिज भएका छैनन्। उनको अभिनय दर्शकले कुन रुपमा लिने हुन ? निर्देशक स्वयमलाई थाहा छैन। तर उनले भटाभट महिमालाई लिड रोलमा लिन छोडेका छैनन्। त्यसैले ऋषि र महिमाबीच केही पाकिरहेको चर्चा चल्न थालेको छ फिल्मवृत्तमा। जुन स्वभाविक पनि हो। यसअघि पनि महिमालाई निर्देशक रिझाउन माहिर हिरोइनको आरोप लागिसकेको छ। तर उनी ऋषिसँग विशुद्ध व्यावसायिक सम्बन्ध मात्र भएको दाबी गर्छिन्। भन्छिन्, “मेरो अभिनयबाट प्रभावित भएर ऋषि सरले फिल्ममा काम दिनु भएको हो। त्यसैले शंका गर्नुपर्ने ठाउँ नै छैन्।” उनले भनेजस्तै निर्देशक अभिनयबाटै प्रभावित भएका हुन् वा अरु केहीबाट ? योचाहीं फिल्म रिलिज भएपछि थाहा हुनेछ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget