news and more entertainment

निरास यौनजीवनलाई कसरी बनाउनेसेक्सी ?

के तपाइको यौनजीवन विवाहको शुरुको दिनजस्तो रोमान्टिक छ ? यदि छैन भने आफ्नो निरास यौन जीवनलाई रोमाञ्चक बनाउने सजिलो र असरदार उपाय छन् ।

फोरप्ले बढाउने
एक अर्काको नजिक आउने सबैभन्दा राम्रो उपाय फोरप्ले हो । त्यसैले यौनक्रिया गर्न पहिले पार्टनरसँग मायाले भरिएका सेक्सी कुरा गर्नुपर्छ । एकअर्काको साथ कुनै रोमान्टिक गेम खेल्नुपर्छ  । कामेच्छा जागृत गर्न फोरप्लेको महत्वपूर्ण भूमिका रहन्छ । यौनक्रियाको असली आनन्द लिन धेरै समयसम्म फोरप्लेको मज्जा लिनुपर्छ ।

यौनक्रियालाई वेडरुममा मात्र सिमित नराख्ने 
यदि तपाइ रुटिन यौन जीवनबाट निरास हुनुहुन्छ भने बेडरुमको अलावा वाथरुम, स्विमिङ पुल, डायनिङ टेवल, कारको पछाडीको सिट आदि ठाउँमा यौनक्रियाको मजा लिन
सक्नुहुन्छ । यसले कामोत्तेजना बढाउन मद्दत गर्छ ।

महिलाले पनि पहल गर्ने 
धेरै महिला लाजले पार्टनरको सामु आफ्नो यौनइच्छा व्यक्त गर्न सक्दैनन् । तर पुरुष सजिलै आफ्नो भावना व्यक्त
गर्दछन् । यदि तपाइ आफ्नो यौन जीवनलाई “हट एन्ड ह्यापिनिङ” बनाउन चाहनुहुन्छ भने कहिलेकाँही आफैँ पहल गरेर पार्टनरलाई सरप्राइज दिने गर्नुपर्छ । यसो गर्नाले पति खुशी हुने मात्र नभई उसको यौन उत्तेजना बढ्दछ । यसका लागि तपाइको सेक्सी सरप्राइज महत्वपूर्ण मानिन्छ ।

कामोत्तेजना बढाउने
कामोत्तेजना बढाउन बजारमा पाइने एरोमामा क्यान्डल्स, फ्लेबर्ड चकलेट आदिको प्रयोग गर्न सकिन्छ । यसका साथै वास्नादार तेलले एक अर्कालाई मसाज गर्ने र सेक्सी कपडा लगाउन सकिन्छ । यसले यौन इच्छा बढाउन मद्दत गर्छ ।

सेक्सी कुरा गर्ने
धेरै मानिस यो कुरामा ध्यान दिदेैनन् । तर  सेक्सी  कुराले पार्टनरमा गहिरो असर पार्छ । यदि तपाइ बिहान पति उठ्नुभन्दा  पहिला कार्यालय जानुहुन्छ भने बेडको छेउमा आफ्नो बेलुकाको प्लानिङ नोट बनाएर  राखिदिने गर्नुपर्छ । बेलुका कति बजे आउने पनि लेखिदिने । जब जीवनसाथी साथमा भएको बेला यताउताको कुरा गर्नुभन्दा रोमान्टिक र सेक्सी कुरा गर्ने ।

नयाँपन जरुरी 
सेक्सुअल लाइफलाई आनन्दमय बनाउन नयाँपन जरुरी
हुन्छ । जस्तो—सेक्सी ड्रेस लगाउने, सँगै बसेर कुनै सेक्सी सिनेमा हेर्ने आदि । यसो गर्नाले सेक्स लाइफमा नयाँपन आउँछ ।

समयको व्यवस्थापन
दिनभरी कामको थकानपछि कहिलेकाँही रातमा यौनइच्छा नहुनु स्वभाविक हो । यस्तो परिस्थितिमा रुटिन थोरै बदल्नुपर्दछ । माया देखाउने कुनै निश्चित समय हुँदैेन । त्यसैले मुड र हालत अनुसार समय निकालेर यौन जीवनको फाइदा उठाउनुहोस् । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget