news and more entertainment

अनुहारको हेरचाहका लागि प्रकृतिको अनमोल उपहार

अनुहारको रेखदेख किशोरावस्थादेखि नै शुरु गर्नुपर्छ । प्रकृतिले हामीलाई यस्तो उपहार दिएको छ जसको उपयोग गरेर हामी स्वस्थसँगै सुन्दर रहन सक्छौँ ।

प्रकृतिले दिएको यो  अनमोल उपहार उपयोग गरेर तपाई हामी यसरी सुन्दर रहन सक्छौं ।

सामान्य अनुहार

यस्तो अनुहार न धेरै तेलीय हुन्छ न धेरै रुखो नै ।

के गर्ने ?

यसका लागि एक दुई ओटा स्ट्रवेरी र एउटा केरालाई मिसाएर पेस्ट बनाउनुहोस् । अनुहारमा चारैतिर लगाउनुहोस् । १० मिनेटसम्म राख्नुहोस् र हल्का हातले मसाज गर्दै सफा पानीले धुनुहोस् ।
तेलीय अनुहार
तेलीय अनुहार राम्रो र चम्किलो देखिन्छ । यस्तो अनुहारमा डन्डीफोर छिटो निस्कन्छ, अनुहारको छिद्र सजिलै देख्न सकिन्छ । यस्तो अनुहारमा मेकअप धेरै समयसम्म टिक्न सक्दैन ।

के गर्ने ?

यसका लागि अनुहार र घाँटीलाई ३—४ पटक सफा गर्नुहोस् । अनुहारको तेललाई नियन्त्रण गर्न पानीले अनुहार सफा गर्न आवश्यक हुन्छ । नाक, गाला, निधारमा विशेष ध्यान दिनुहोस् किनकी यस्तो ठाउँमा चिल्लो धेरै निस्कन्छ । यस्तो अनुहारको लागी मुलतानी मिट्टीको पेष्ट पनि प्रयोग गर्न सकिन्छ । अण्डाको सेतो भागलाई फिटेर आँखाको भागलाई छोडेर अनुहारमा बराबर लगाउनुहोस् ।  १० मिनेटपछि चिसो पानीले सफा गर्नुहोस् । यसले अनुहारको खुलेको छिद्रलाई बन्द गर्छ ।

रुखो  अनुहार 

रुखो अनुहारमा छिद्रहरु हल्का देखिन्छन् । यस्तो अनुहारमा जलन हुने, चिलाउने र सेतो सेतो चाया देखिन्छ । यस्तो अनरहारमा मौसमको प्रभाव छिटो पर्दछ । यस किसिमको अनुहारको रेखदेख राम्रोसँग नगरेमा अनुहारमा चाउरी पर्ने समस्या आउनसक्छ ।

के गर्ने ?

एलोवेराको प्रयोग—यस प्रकारको अनुहारलाई हाइड्रेशन र सुरक्षा प्रदान गर्न एलोबेरा राम्रो उपाय हो । एलोबेरामा घरमा नै उपलब्ध हुने दही मिसाएर फिट्नुहोस र यसको प्याक अनुहार घाँटीमा लगाउनुहोस् । यसलाई १० मिनेटसम्म छोड्नुहोस् र सफा पानीले अनुहार धुुनुहोस् । एलोवेरामा अनुहारलाई पोषण प्रदान गर्ने आवश्यक भिटामिन ए, बी, डी र ई हुन्छ । यसले अनुहारलाई नरम बनाउँछ ।
केराको पेष्ट—एउटा केरालाई पेस्ट बनाउनुहोस र अनुहारमा चारैतिर  लगाउनुहोस । लगाएको १० मिनेटपछि सफा पानीले धुनुहोस् । केरामा अमिनोएसिड, भिटामिन र मिनरल जस्ता आइरन म्याग्नेसियम हुन्छ । यसले अनुहारलाई पोषण दिनका साथै मुलायम बनाउँछ । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget