news and more entertainment

रिहाना राम्री देखिन यति धेरै खर्च .गर्छिन .

हलिउड : सुन्दर देखिने रहर कसलाई पो नहोला र? अझ सेलिब्रेटीका लागि त आवश्यकता पनि बन्ने गर्छ। आफूलाई आकर्षक देखाउन कुनै कसर बाँकी नराख्ने सेलिब्रेटी धेरै छन्। तीमध्ये एक हुन्, विश्वविख्यात पपगायिका रिहाना। उनी आफ्नो सुन्दरताप्रति कति सचेत र लोभी छिन् भने हेयर स्टाइल, मेकअप र स्किनको हेरचाहका लागि मात्रै एक सातामा ३० हजार पाउन्ड खर्च गर्ने गरेकी छन्।


२६ वर्षीया रिहानाले आफ्नो सुन्दरता कायम राख्न विशेषज्ञबाट सल्लाह पनि लिने गरेकी छन्। खासगरी उनले छाला विशेषज्ञबाट सधैं राय लिएर सोहीअनुसार शृंगार गर्ने गरेको स्रोतले जनाएको छ। कतिसम्म भने राति कतै घुम्न निस्कँदासमेत विशेषज्ञको सल्लाह लिएर सोहीअनुसार मेकअप गर्ने गरेको उनले नै खुलासा गरेकी छन्।



स्रोतका अनुसार रिहाना 'स्किन टाइटनिङ', 'अक्सिजन फेसियल', 'फोटो फेसियल'लगायतका विधि अपनाउने गर्छिन्। उनले आफ्नो अनुहारमात्रै होइन, पूरै शरीरमा 'लेजर ट्रिटमेन्ट' गराउने गरेकी छन्। आफ्नो गायनकलासँगै फेसन, स्टाइल र ग्ल्यामरस छविका कारण उनी सधैं चर्चामा आउने गरेकी छन्।
भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget