news and more entertainment

शिल्पा मेरो लागि सवथोक, शिल्पाले हुन्छ भने हामफालेर जान्छु --- निर्माता छवि ओझा (भिडियो सहित )

निर्माता छविराज ओझाले पहिलोपटक अभिनेत्री शिल्पा पोखरेलको पक्षमा मुख खोलेका छन् ।   'लज्जा' एक्ट्रेसलाई उनले 'नम्बर वान'को संज्ञा दिए । यस्तो संज्ञा उनले केहीवर्ष अघि रेखा थापालाई दिने गर्थे । रिलिज हुन लागेको सिनेमा 'लज्जा' निर्माताले शिल्पाको पक्षमा बोल्दा यस्तो लाग्यो छविको विहे उनै शिल्पासँग हुन लागिरहेको छ ।
एक टेलिभिजन सोले छवि र शिल्पाका केही अन्तरंग क्षणको खुलासा गरेको छ ।


 (हेर्नूस भिडियो) 


रेष्टुरेन्टमा सँगै भेटिनुमात्र होइन, एउटै कपमा सँगै चियाको चुस्की लिएको समेत देखियो । के तपाईं शिल्पासँग विहे गर्नुहुन्छ ? जवाफमा छविले भने –शिल्पाजस्तो राम्रो केटीले प्रपोज गरिन भने त म ओके भनिहाल्छु नि । मलाई अहिले साथी चाहिएको छ, उहाँले हुन्छ भनिदिनुभयो भने त म हामफालेरै जान्छु होला नि ।’ तर, शिल्पाले भने यसबारे सोच्ने बताइन् । ‘सोच्नैपर्छ तर अहिले म विहे गर्दिन’ शिल्पाले भनिन्, ‘उहाँले पर्खन सक्नुहुन्छ वा सक्नुहुन्न, उहाँको कुरा हो । तर, म उहाँको साथी भएर बस्न सक्छु । विहेपछि मेरो हजबेन्ड प्रोड्युसर हो भनेर म उहाँको आड लिएर आउन चाहन्न के म ।’ छविले आफ्ना लागि शिल्पा पोखरेल सबैथोक भएको बताए । 'लंका २' मा पनि शिल्पा नै मुख्य भूमिकामा हुने छविको कथन छ । आफ्ना अघिल्ला फिल्ममा शिल्पा अनुबन्धित भैसकेको छविले जनाए ।
फिल्मी खवरवाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget